तीन घण्टामा १४ प्रतिशत मत खस्यो,अघिल्ला निर्वाचनमा जस्तो मतदातामा उल्लास देखिएन

0
11

विमल दहाल, इलाम ।

इलाम क्षेत्र नम्बर-२ अन्तरगत माई-६ को भगवति माबि मतदान केन्द्रमा विहान १० वजे सम्ममा १४ प्रतिशत मत अर्थात ३७५ मत खसेको हो ।

विहान ठिक ७ बजेवाट शान्तिपुर्ण मतदान भई रहेको भगवती मावि मतदान स्थलमा तीन मतदान केन्द्र रहेका छन । यस मतदान स्थलमा २६७३ मतदाता रहेका छन । अघिल्ला निर्वाचनमा जस्तो मतदातामा उल्लास नदेखिएको माई-६ का ७४ बर्षिय डम्बर वहादुर बुढाथोकीले बताउनुभयो ।

यता इलामका सबै मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्रका रुपमा राखिएको छ । इलाम क्षेत्र-२ अन्तरगत ६ पालिकाका ४२ वडा रहेको निर्वाचन क्षेत्रमा महिला ५६ हजार ८ सय ६९ जना र पुरुष ५९ हजार १८ जना गरि कुल १ लाख १५ हजार ८ सय ८९ जना मतदाता रहेका छन ।

आज (बैशाख-१५ गते) भईरहेको निर्वाचनमा ७९ मतदान स्थल, १५९ मतदान केन्द्र रहेका छन । ७४५ कर्मचारी, एक हजार ५ सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र, चार सय ५० नेपाली सेना र २४ जना अनुसन्धानका कर्मचारी खटेका छन । उपनिर्वाचनमा १९ जना उमेरद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here