भगवती मावि केन्द्रमा ३०.५२ प्रतिशत मत खस्यो

0
9

विमल दहाल, इलाम।

इलाम क्षेत्र नम्बर-२ अन्तरगत माई-६ को भगवति माबि मतदान केन्द्रमा विहान ११:५०वजे सम्ममा प्रतिशत मत अर्थात महिला ३९९ र पुरुष ४१७ गरि ८१६ मत खसेको हो । विहान ठिक ७ बजेवाट शान्तिपुर्ण मतदान भई रहेको भगवती मावि मतदान स्थलमा तीन मतदान केन्द्र रहेका छन । यस मतदान स्थलमा २६७३ मतदाता रहेका छन ।

यता इलामका सबै मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्रका रुपमा राखिएको छ । इलाम क्षेत्र-२ अन्तरगत ६ पालिकाका ४२ वडा रहेको निर्वाचन क्षेत्रमा महिला ५६ हजार ८ सय ६९ जना र पुरुष ५९ हजार १८ जना गरि कुल १ लाख १५ हजार ८ सय ८९ जना मतदाता रहेका छन ।

आज (बैशाख-१५ गते) भईरहेको निर्वाचनमा ७९ मतदान स्थल, १५९ मतदान केन्द्र रहेका छन । ७४५ कर्मचारी, एक हजार ५ सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र, चार सय ५० नेपाली सेना र २४ जना अनुसन्धानका कर्मचारी खटेका छन । उपनिर्वाचनमा १९ जना उमेरद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here