इलाम-२ मा ६० प्रतिशत मत खस्यो

0
16

विमल दहाल,इलाम ।

इलाम क्षेत्र-२ मा भएको निर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।

निर्वाचन क्षेत्र अन्तरगत ६ पालिकाका ४२ वडा रहेको क्षेत्रमा महिला ५६ हजार ८ सय ६९ जना र पुरुष ५९ हजार १८ जना गरि कुल १ लाख १५ हजार ८ सय ८९ जना मतदाता रहेकामा महिला ३४ हजार १ सय ५० जना र पुरुष ३५ हजार १ सय ३५ जना गरि कुल ६९ हजार २ सय ८७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।

आज (बैशाख-१५ गते) भएको उपनिर्वाचनमा १९ जना उमेरद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन । जिल्लाका ७९ मतदान स्थलका १४९ मतदान केन्द्रमा मतदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here