दमकमा विद्यार्थीमाथि गोली प्रहार

0
10

बिर्तामोड ।

झापाको दमकमा परीक्षा दिएर फर्किदै गरेकी एक छात्रा माथि गोली प्रहार भएको छ ।

दमकको हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिई फर्किदै गरेकी उदयपुर लिङचिङबुङ गाउँपालिका –३ घर भई हाल दमक नगरपालिका–५ बस्दै आएकी १८ वर्षाीया एलिना अधिकारी गजमेर माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट घाइते भएकी एलिनाको हाल लाईफलाईन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनको नाईटोमाथि पेटमा डडेको, दबेको, बढारिएको जस्तो चोट देखिएको, अवस्था सामान्य, बोल्न सक्ने, सोही अस्पतालको आईसीयुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here