एमालेले कमल गाउँ अधिवेशनमा पुराना सदस्यलाई सम्मान गर्ने

0
10

कमल,

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलको दोस्रो कमल गाउँ अधिवेशनमा पार्टीका पुराना सदस्यलाई सम्मान गर्ने जनाइएको छ ।

अधिवेशनका लागि तयार पारिएको लोगो सार्वजनिक गरिएको छ । आगामी बैशाख २८ र २९ गते हुने दोस्रो गाउँ अधिवेशनको लोगो पत्रकार सम्मेलनको आयोजना पार्टीका केन्द्रीय कमिटी सदस्य रोमनाथ ओली र मेनुका काफ्ले ले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।

लोगो सार्वजनिक पछि बोल्दै केन्द्रिय कमिटी सदस्य रोमनाथ ओलीले एमाले पार्टीभित्रका केही आन्तरिक असन्तुष्टि र अन्तरविरोधलाई शुद्धीकरण गर्न आवश्यक छ । त्यसैले २०८१ साललाई पार्टीले संगठन सुदृढीकरण शुद्धीकरण गर्ने केन्द्रिय कार्यक्रम अनुसार केन्द्रदेखि टोल सम्म सञ्चालन हुने केन्द्रिय कमिटी सदस्य ओलीले बताए ।

पार्टीका पोलिटब्युरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईको प्रमुख आतिथ्यमा अधिवेशनको हुने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न छ वटा उपसमिति गठन गरी तीव्ररुपमा काम अगाडि बढाइएको गाउँ कमिटीले जनाएको छ ।

जसमा प्रचार–प्रसार उपसमितिको संयोजकमा वीरेन्द्र अधिकारी, कार्यालय व्यवस्थापन संयोजकमा छविलाल गुरागाईं, प्रतिनिधि व्यवस्थापन संयोजकमा भीमप्रकाश चापागाँई, स्वयम्सेवक परिचालन समितिको संयोजकमा तेजकुमार राई, हल व्यवस्थापन संयोजकमा डम्बर निरौला, खाजा व्यवस्थापन समिति संयोजकमा छत्रहाङ्ग फागो रहेको पार्टी गाउँ कमिटीले जनाएको छ ।

पार्टीले अधिवेशनको अवसरमा मरणोपरान्त सम्मान अन्तर्गत स्वर्गीय रुद्रप्रसाद चापागाँई, आश्रयदाता छायाँदेवी चापागाँई, सबैभन्दा ज्येष्ठ नवीकृत पार्टी सदस्यमा हरिमाया दाहाल, सबैभन्दा पहिला पार्टी सदस्यता प्राप्त गरी निरन्तर पार्टी काममा लाग्ने नानीराम पौडेललाई सम्मान गरिने पार्टीका कार्यवाहक अध्यक्ष हरिप्रसाद ढकालले जानकारी दिए ।

पार्टीले गाउँ अधिवेशनको सन्देश दिनका लागि बैशाख २२ गते सात वटै वडाका मुख्य–मुख्य पाँच वटा चौकमा पार्टीको र सूर्य लागो अंकित झण्डा झण्डोत्तोलन गरिएको कार्यवाहक सचिव विरेन्द्र अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य बलराम गजुरेल, जिल्ला कमिटी सदस्य चक्रबहादुर गुरुङ्ग, भीमप्रसाद राई, नारायणप्रसाद गौतम, पृथ्वीपति राई, नर्वदा गौतम, सीता निरौला, प्रेम पोख्रेल, दिपक खड्का लगायतको उपस्थिति रहेको थियो ।

कमल गाउँपालिकामा एक हजार तीन सय नवीकृत सदस्य मध्येबाट दोस्रो अधिवेशनका लागि तीन सय जना प्रतिनिधि छनौट भएको गाउँ कमिटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here