‘वैकल्पिक उर्जा प्रयोगमा सदस्यको पहुँच र प्रयोग वृद्धि’मा सहाराको अभिमुखिकरण

0
8

इलाम ।

सहारा नेपाल साकोस लि. सेवा केन्द्र इलाम ले ‘वैकल्पिकउर्जा प्रयोगमा सदस्यको पहुच र प्रयोग वृद्धि’भन्ने विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सेवा केन्द्र इलामको कार्यालयमा भएको कार्यक्रममा संस्थाको संचालक समितिले आफ्ना सदस्यलाई वैकल्पिक उर्जाको महत्व बुझाई यसबाट हुने फाइदाहरुको बारेमा जानकारी गराउदै विद्युतीय चुल्होको प्रयोगमा उत्प्रेरित गर्ने, वैकल्पिक उर्जाका प्रविधिहरु जडान, काममा सहज तथा सरल गराई सदस्यहरुको खर्च घटाउने कार्यमा मद्धत पुग्ने विश्वास लिइएको सहारा नेपााल साकोस सेवा केन्द्र इलामका प्रमुख केपी लुईटेले जानकारी दिए ।

सेवाकेन्द्रमा आबद्ध सदस्यहरुलाई हरित उर्जा ऋण अन्तर्गत (बाल्ट्रा कम्पनिका सामग्रीहरु) विद्युतीय चुल्हो, प्रेसर कुकर, फ्राइपेन, कराई र दिउरे गरी जम्मा पाँचवटा सामग्रीलाई प्याकेजको रुपमा बजार खुद्रा मूल्यभन्दा सस्तो र सहजरुपमा उपलब्ध गराउन शुरु गरिएको बताइएको छ ।

वातावरण मैत्री, समयको वचत, आर्थिक भार कम, एलपीग्यासको मूल्य घटबढ तथा पूर्ति अभावले जनजीवनमा पार्ने प्रतिकुल प्रभावका समयमा समेत सहजता हुनसक्ने, वजार मूल्यभन्दा कम मूल्यमा उक्त सामानहरु सहारा नेपाल साकोसमा आबद्धले मात्र प्राप्त गर्ने गरी आफ्ना अधिकतम सदस्यहरु माझ यो कार्यक्रम पु¥याउन संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको परिकल्पनाका साथ काम भइरहेको बताइएको छ ।

आफ्नो अनुगमन कार्यालय मातहतका सेवाकेन्द्रबाट सदस्यहरुलाई उपलब्ध गराउन थालिएको सहारा नेपाल साकोस अनुगमन कार्यालय इलामका अनुगमन अधिकृत तोयानाथ आचार्यले बताए ।

कार्यक्रममा सहारा नेपाल साकोसले विगतदेखि समुदायमा आधारित रहेर आफ्ना सदस्यलाई विभिन्न पेशा व्यवसायका लागि विभिन्न क्षेत्रमा पु¥याउदै आएका विभिन्न वित्तिय सेवाहरु व्यवसायी कर्जा, युवा स्वरोजगार अन्तर्गतको अटो कर्जा आदि उपलब्ध गराउदै आएकोमा हाल वैकल्पिक उर्जा प्रयोगको क्षेत्रमा ‘वैकल्पिकउर्जा प्रयोगमा सदस्यको पहँुच र प्रयोग वृद्धि’ अभियानको रुपमा कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ । हरित उर्जा ऋण अन्तर्गत रहने गरी इलाम नगरपालिकाका विभिन्न वडा तथा सन्दकपुर गाउँपालिकाको वडा नं–१ मा रहेका हालसम्म ५० जना सदस्यलाई विद्युतीय चुल्हो (इन्डक्सन चुल्हो) तथा सामग्रीहरु उपलब्ध गराई सकिएको जनाइएको छ ।

जेठ दोस्रो सातासम्ममा करिब एकसय जना सदस्यहरुलाई थप उपलब्ध गराउने गरी नाम संकलन गर्न थालि सकिएको सेवा केन्द्र इलाम प्रमुख लुईटेलले जानकारी दिए । सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु सम्झना गुरुङ्ग,अनुप रिजाल, सरस्वती कार्की तथा पशुप्राविधिक दिपक पाठककोे व्यवस्थापनमा भएको कार्यक्रममा ओम साई टे«डर्स बाल्ट्राडिलर बिर्तामोडका प्रतिनिधि पंकज खरेलले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here