नारी चेतनाको सात दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

0
5

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित नारी चेतना समूहको आयोजनामा गत वैशाख २०देखि सञ्चालन भएको सात दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोगमा आयोजित उक्त तालिम संस्थाका सञ्चालकहरुलाई संस्था सञ्चालनको लागि आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको समूहकी अध्यक्ष पम्फादेवी विश्वकर्माले जानकारी दिइन् ।

समूहकी अध्यक्ष विश्वकर्माको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

अर्जुनधारा प्रेस क्लबका सचिव एवम् अधिवक्ता नरेश खातीले सहजिकरण गरेको तालिममा १७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बिरीङ जलाधार क्षेत्रका केन्द्रीय अध्यक्ष छविलाल शिवाकोटी, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी, पातञ्जल योग समिति अर्जुनधाराकी उपाध्यक्ष चन्दा ढुङ्गेललगायतले मन्तव्य राखेका थिए ।

सहभागीहरुकोतर्फबाट बालकुमारी रसाइलीले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा स्वागत समूहकी उपाध्यक्ष डम्बरकुमारी सत्यालले गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन समूहकी सचिव पूर्णिमा सिटौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here