कन्काई स्पोटिङ्ग क्लव लाई महिला फुटबलको उपाधि

0
4

कमल ।

खुल्ला महिला फुटबल नकआउट प्रतियोगिताको उपाधि कन्काई स्पोटिङ्ग क्लव सुरुङ्गाले जितेको छ ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको विहिवार सम्पन्न फाईनल खेलमा रोयल स्पोटिङ्ग क्लव दमकलाई दुई शुन्य गोल अन्तरले हराउदै कन्काई स्पोटिङ्ग क्लवले उपाधि जितेको हो ।

खेलको पहिलो हाफको १० मिनेटमा कन्काईका जर्सि नम्बर ११ की तिर्थ कुमारी लिम्बुले पहिलो गोल र २३ औं मिनेटमा कन्काई कै जर्सि नम्बर १३ की नेहा चौधरीले गरेको २ गोलले नै टिमलाई विजयी बनाएको थियो ।

कन्काईले उपाधीका साथै नगद ३१ हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता रोयल स्पोटिङ्ग क्लवले नगद २१ हजार का साथै ट्रफी मेडल र प्रमाणपत्र पाप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा सीमरन राई, प्लेयर अफ द म्याच सञ्जु तामाङ्ग, बेस्ट डिफेन्डर शुष्मा राई , बेस्ट मिडफिल्डर सञ्जु राई, वेष्ट फरवाड ममता राउत , बेस्ट स्ट्राइकर, बेस्ट गोल किपर सविना चौधरी लाई समेत नगद ,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता गत वैशाख २३ गतेबाट कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा भएको थियो । प्रतियोगितामा झापा इलाम र मोरङका ८ वटा टिम सहभागी रहेको खेल संयोजक रुस्तम राईले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here