ब्यवसायीद्वारा बिर्तामोडको शान्ति सुरक्षा ब्यवस्थित गर्न माग

0
9

बिर्तामोड ।

बिर्ताामोडको शान्ति सुरक्षा ब्यवस्थित गर्न ब्यवसायीहरुले माग गरेका छन् । बिर्तामोड उद्योग वााणिज्य संघले शनिबार ब्यवसायी, वैंक तथा वित्तिय क्षेत्र, सुरक्षा निकाय तथा राजनीतिक दलहरुसंग छलफल गर्दै ब्यवसायीले ढुक्कले आफ्नो ब्यवसाय सञ्चालन गर्ने वातावरण तयार गर्न आग्रह गरेको हो ।

शुक्रबार बिर्तामोडमा केही समूहले वैंकमाथि गरेको तोडफोड पछि उत्पन्न परिस्थितीका विषयमा वाणिज्य संघले चासो दिएको हो । बिर्तामोडका ब्यवसायी तथा घरधनी निर्मल भट्टराई, हरि मिश्र र दिपेश पाठकको घरमा भएको तोडफोड प्रति वाणिज्य संघको गम्भिर ध्यानाकर्षण भएको वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए ।

उनले भने– आन्दोलन पक्षलाई वार्ता मार्फत समस्याको समाधान खोज्न आग्रह गर्दछौं । आर्थिक मन्दिका कारण ब्यवसायी समस्यामा रहेकाले अनावश्यक दबाब नदिन आग्रह गर्दै ब्यवसायीक भवनमाथि आक्रमण नगर्न आन्दोलनरत पक्षसंग वाणिज्य संघले सचेत गराएको छ । छलफल पछि एक विज्ञप्ती जारी गर्दै वाणिज्य संघले बिर्तामोडका ब्यवसायीको सुरक्षा प्रति संवेदनशिल हुन आग्रह गरेको छ ।

वाणिज्य संघले गरेको छलफलमा बोल्दै वाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमियाले कानुन विपरित कसैले अराजकता मच्चाएमा कडा कारबार्ही हुनुपर्ने विचार ब्यक्त गरे । बैंक माथि आाक्रमण हुँदा ब्यवसायी समेत असुरक्षित हुनेभन्दै आन्दोलनका नाममा गरिने अराजकता नियन्त्रण गर्न प्रशासनसंग उनले माग गरे ।

बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईले बजार क्षेत्रमा रहेका वित्तिय क्षेत्रमाथिको आक्रमणमा संलग्नलाई कडा कारबार्ही गर्नुपर्ने बताए । उनले बिर्तामोडको सुरक्षा संवेदनशिलतालाई गम्भिर रुपमा लिन आग्रह गरे ।

अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले आफ्नो घरमा तोडफोड भएको भन्दै दोषिलाई कडा कारबार्ही र उचित क्षतिपूर्तीको माग गरे । उनले बैंकसंग असमझदारी भए वार्ता र छलफलको माध्यमबाट टुङगोमा पु¥याउन आग्रह गरे ।

राप्रपाकी बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले उच्छिङखल गतिविधि गर्नेलाई कडा कारबार्ही गर्नुपर्ने माग गरिन् । उनले ब्यवसायीको पक्षमा उभिन वाणिज्यसंघलाई आाग्रह गर्दै आफ्नो पाार्टीको साथ र सहयोग रहने प्रतिबद्धता जनाइन् ।

उद्योग वाणिज्य संघका केशी प्रदेश सदस्य एवम. झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले अराजकता मच्चाउने छुट कसैलाई नभएको भन्दै आफ्ना मागहरु सम्बन्धित पक्षसंग शान्तिपूर्ण रुपमा राख्न आग्रह गरे । उनले समस्या भएमा वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गर्दै तोडफोड समस्याको समाधान नभएको विचार ब्यक्त गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम कार्कीले राज्यसंग आफ्ना माग राख्न आग्रह गर्दै आन्दोलनका नाममा अराजकता नमच्चाउन अनुरोध गरे ।

चेम्बर अर्फ कर्मशका अध्यक्ष ओमकृष्ण बिमलीले समस्या भए वार्ताका माध्यमबाट टुङगोमा पु¥याउन आग्रह गर्दै तोडफोडमा नलाग्न आग्रह गरे ।

कार्यक्रममा ब्यवसायी मात्रिका कोइरालाले सार्वजानिक सम्पत्तिको संरक्षण गर्ने दायित्व राज्यको भएकाो भन्दै राज्य गम्भिर बन्नुपर्ने धारणा ब्यक्त गरे । उनले बैंकबाट लिएकाम ऋण तिर्न चाहेपनि अहिलेको आर्थिक मन्दिका कारण समस्या सिर्जना भएको प्रति बैंकहरु संवेदनशिल हुनुपर्ने विचार ब्यक्त गरे ।

एभरेष्ट बैंकका जनक चापागाईले बैंक लक्षित आक्रमणको निन्दा गरे । उनले अराजकताको सट्टा समस्या भए त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने बताए ।

बैंर्कस एसोशिएसन बिर्तामोडका अध्यक्ष सुवास श्रेष्ठले बिर्तामोडका एभरेष्ट, ज्योति र सिटीजन बैंकमाथि भएको आक्रमणको निन्दा गर्दै दोषिलााई कडा कारबार्ही हुनुपर्ने माग गरे । उनले बैंकहरु राष्ट्र बैंकको नीति अनुसार सञ्चाालिन हुने भन्दै कसैलाई पनि धितो लिलाम गर्ने रहर नभएको भन्दै समस्या भएमा बैंकसंग छलफल गर्दै समस्या समाधान गर्न आफुहरु तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा बिर्तामोड रेडक्रसका पूर्वसभापति सजेश शिवाकोटीले आान्दोलनरत् पक्षले बैंकहरुसंग असहमति रहेको तर त्यसको मारमा घरधनीहरु परेको उल्लेख गरे । उनले आन्दोलनरत् पक्षलाई वार्ता मार्फत समस्या समाधानका लागि लाग्न आग्रह गरे ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले कानुन विपरित गतिविधि गर्ने छुट कसैलााई नभएको भन्दै अराजकता मच्चाउनेहरुलाई कानुन बमोजिम कारबार्ही गर्ने प्रतिबद्धता जनाए । उनले बिर्तामोडका ब्यवसायीहरुलाई ढुक्कले ब्यवसाय सञ्चालन गर्न आग्रह गर्दै बैंकहरुलाई पनि उनले आवश्यक सुरक्षा ब्यवस्था मिलाएकाले निर्वाधरुपमा आफ्नो सेवा सुचारु राख्न आग्रह गरे । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here