बाणिज्य क्षेत्रका ४० प्रतिशत कर्मचारी पलायन भए – अध्यक्ष पौडेल

0
11

झापा । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) का केन्द्रीय अध्यक्ष गजेन्द्रवहादुर पौडेलले सरकारले उद्योगधन्दा कलकारखाना स्थापना गरेर मुलुकमा रोगजारी सृजना गर्नु पर्ने बताउनु भएको छ ।
कृषि उत्पादनमा आधारित उद्योगधन्दा र कलकारखाना निर्माण गर्दै रोजगारीका लागि विदेश पलायन हुने नेपालीलाई रोक्नु पर्ने उहाँको भनाई छ । झापाको बिर्तामोडमा पत्रकारहरुसंग आज कुराकानी गर्दै अध्यक्ष पौडेलले नेपालमा रहेका उद्योगधन्दा र कलकारखाना धरासायी बन्दै जाँदा त्यसमा आश्रित कर्मचारीहरु समेत पलायनको स्थितिमा पुगेको बताउनुभयो । नेपालमा १२ लाख ५० हजार व्यपारसंग सम्वन्धित कर्मचारी रहेको र कोभिडपछि व्यवसाय चलायमान हुन नसक्दा ४० प्रतिशत कर्मचारीहरु समेत विदेश पलायनको स्थितिमा पुगेको उहाँको भनाई छ ।
नेपालमा प्राप्त स्रोत साधनको प्रयोग गरेर कृषिमा आाधारित विभिन्न सामग्री उत्पादन गर्न र विदेश निर्यातका लागि सरकारले कम्तिमा दश वर्षका लागि उद्योग स्थापनार्थ निव्र्याजी कर्जा लगानी गर्नुपर्ने अध्यक्ष पौडेलले बताउनुभयो । नेपालमा उद्योगधन्दा र कलकारखाना सञ्चालन गर्न सकिए मात्रै रोजगारीका लागि बिदेश पलायन हुने नेपालीलाई रोक्न सकिने उहाँको भनाई छ ।
नेपालमा उद्योगधन्दा र कलकारखाना खोल्न विदेशी लगानी भित्र्याउनु पर्ने बताउनु भएका उहाँले विद्यमान नियम कानूनलाई समेत सरलिकृत गर्दै लानु पर्ने बताउनुभयो । नेपालमा भएका कृषिजन्य स्रोतहरुको आधारमा उद्योगधन्दा स्थापनाका लागि सरकारले अग्रसरता देखाउनु पर्ने उहाँको भनाई छ । नेपालमा लगानी गर्न सक्ने नागरिक भित्र्यान सरकारले पहल थाल्नु पर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

आर्थिक मन्दीका कारण व्यवसायीहरु नै पलायनको स्थितिमा पुगेकाले व्यापार क्षेत्रमा कार्यरत कर्मचारीहरु समेत पलायनको स्थितिमा पुगेको पौडेलको भनाई छ । अहिले नेपालमा रोजगारीको सुरक्षा नएकाका कारण पनि कर्मचारी टिकाउन मुस्किल भएको उहाँको भनाई छ ।

विदेश जाने नेपालीको समेत विदेशमा रोजगारीको सुरक्षा छैन अध्यक्ष पौडेलले भन्नुभयाो – सरकारले नेपालमा विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीलाई रोगजारीको ज्ञारेन्टी गर्ने हो भने युवालाई स्वदेशमा टिकाउन सकिन्छ ।
स्थानीय सरकार समेत अहिले विकासका नाममा बाटो, पुल,विजुली विस्तारका क्रममा रहेको र मानवीय संशाधनको विकास नहुँदा यहाँ कार्यरत कर्मचारीले उचित ज्याला नै नपाउने समस्याका कारण पनि युवाले विदेश पलायनको बाटो रोज्ने गरेको अध्यक्ष पौडेलको भनाई छ ।
विभिन्न कारणले वाणिज्य क्षेत्रमा आधारित रोजगार कटौती हुँदै जाँदा कर्मचारीहरु समेत कटौती हुँदै गएको उहाँको भनाई छ । अहिले बाणिज्य क्षेत्रमा कार्यरत ४० प्रतिशत कर्मचारीको रोजगारी काटिएको अध्यक्ष पौडेलले बताउनुभयो । विभिन्न कारणले रोजगारी काटिएका युवा बाध्य भएर विदेसिनु परेको अध्यक्ष पौडेलको भनााई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here