पातञ्जल योग समितिको एक महिने योग प्रशिक्षण तालिम सम्पन्न

0
160

अर्जुनधारा ।

“सर्वाङ्गण विकासको लागि योग” भन्ने मुख्य नारासहित पातञ्जल योग समिति अर्जुनधाराको आयोजनामा आयोजित एक महिने योग प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

अर्जुनधारा–७ स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामको श्रवण हलमा सञ्चालन भएको तालिममा ७० जनाको सहभागिता रहेको आयोजक समितिकी उपाध्यक्ष चन्दा ढुङ्गेलले जानकारी दिइन् ।

समितिका अध्यक्ष सुरेन्द्र शाहको अध्यक्षता र अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा शनिबार आयोजित तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

सोही कार्यक्रममा सहभागीहरुमध्ये ज्येष्ठ किशोरकुमार तामाङ, खगेन्द्र बराल, पूण्यदेवी तिम्सिना र लावण्य भण्डारीलाई सम्मानित गरिएको थियो । सहभागीद्वय कुमारी खरेल शिवाकोटी र खगेन्द्र शाहले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा शनिश्चरे आयुर्वेद औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुर, प्रशिक्षकद्वय पातञ्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष केशव ताम्राकार र झापाका अध्यक्ष श्याम ल्वागुन, अर्जुनधारा जलेश्वर धामका मूलअर्चक अग्निप्रसाद सिग्देललगायतले मन्तव्य राखेका थिए ।

तालिम अन्र्तगत सहभागीहरुले सुनसरीको बराहक्षेत्रमा हालै सम्पन्न भएको १२ वर्षे पिण्डेश्वर महाकुम्भ मेलामा पनि योग प्रशिक्षण गरेको बताइएको छ । आयोजक समितिको उक्त कार्यक्रमलाई सफल बनाउन अर्जुनधारा–७ नं. वडा कार्यालयले नगद ३० हजार र अर्जुनधारा–८ नं. वडा कार्यालयले ४० सेट पोशाक वितरण गरेको उपाध्यक्ष ढुङ्गेलले जानकारी दिइन् । उपाध्यक्ष ढुङ्गेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन छविलाल शिवाकोटीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here