दशनामीको भवन निर्माण गर्न एक करोड सहयोग घोषणा

0
9

बिर्तामोड ।

नेपाल दशनामी समाजका अग्रज कृष्णकुमार गिरीले समाजको केन्द्रीय कार्यालय बनाउनका लागि एक करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

काठमाडौंमा कार्यलय बनाउन उनले सो सहयोगको घोषणा गरेका हुन् । जिल्लाबाट उपचार लगायतका काम विशेषले राजधानी आउने आर्थिक रुपमा कमजोर दशनामीबन्धुलाई सहयोग पुर्याउन आवास सुविधासहितको भवन बनाउन गिरीले सुझाएका छन् ।

उनले नेपाल दशनामी समाजको बिर्तामोड नगर समितिले गरेको कामको सराहना गर्दै नगरमा ५० लाख माथिको अक्षयकोष बनाउन आग्रह गरे । त्यसका लागि आफ्नो तर्फबाट ५१ हजार सहयोगको घोषणा गर्दै गिरीले अक्षयकोष वृद्धिका लागि आग्रह गर्न आफू दशनामी बन्धुको घरदैलोमा पुग्ने बताए ।

उनले नेपाल दशनामी समाज स्थापनाका लागि आफूले गरेको प्रयास र संघर्षको अनुभूति पनि सुनाए । आइतबार बिर्तामोडमा भएको एक कार्यक्रममा बोल्दै उनले समाजको हितमा सबै अग्रसर बन्नुपर्नेमा जोड दिए ।

समाजको बिर्तामोड नगर समितिले उनको योगदानको कदर गर्दै सम्मानपत्र द्धारा सम्मान गरेको छ । समाजका संरक्षक भरतलाल गिरी, केन्द्रीय अध्यक्ष गोविन्दविक्रम गिरी र नगर अध्यक्ष अर्जुन गिरीले उनलाई सम्मानपत्र प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here