९ दिनपछि मनमोहन गान्धी सडक खुल्यो

0
5

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४,८,९ र १० मा अवरुद्ध रहँदै आएको मनमोहन गान्धी सडक ९ दिनपछि आज हटेको छ।

कान्छाराम कन्ट्रक्सनले मेसीन र सामाग्रीहरुसहित लिएर आएपछि तत्काललाई बन्द स्थगित गरिएको हो। आजैदेखि निर्माण कार्यहरू सुचारू गर्ने प्रतिवद्धता जनाएपछि तत्काललाई संघर्षका कार्यक्रमहरू स्थगित गरी निर्माण कार्यलाई निरन्तरता दिन वातावरण बनाईएको स्थानीय संघर्ष समितिका संयोजक वीरेन्द्र गुरुङले जानकारी दिनुभयो।

‘एक महिना भित्रमा सडकको बेस र पिचको काम गरिसक्ने र अन्य स्थानहरूमा पनि बाँकी निर्माणको कामहरू गर्दै जाने सहमति भएको छ’- संयोजक गुरूङले बताउनुभयो।
आज वडा नं ९ को महेन्द्र चोकमा राखिएका होम पाईप र बासका बार हटाई निर्माण सामाग्री झारेर काम थालेको उहाँले बताउनुभयो ।

विगत ५ वर्षदेखि हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती खेप्नु परेको भन्दै गएको वैशाख २२ गतेदेखि सडकमा ढुंगा, बाँस र होम्प पाइप राखेर सडक बन्द गरेका थिए ।

सो सडक पथरीशनिश्चरे१० को भुटानी शरणार्थी शिविर छिर्ने मुख्य सडकदेखि दक्षिणको रंगेलीसम्म करिव २५ किलो मिटर लम्बाई र ६० फिट चौडाइको रहेको छ। निर्माणाधीन सो सडकको ठेक्का ठेकेदार पूर्ण तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here