इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते “AI Boot Camp” आयोजना गर्ने

0
8

इटहरी ।कम्प्युटरको दुनियाँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई नेपालीमा ‘कृत्रिम बुद्धि’ भनिन्छ ।

एआईको उदय प्रविधिको क्षेत्रमा यस्तो चमत्कार हो, जसले मानव जीवनको हरेक पक्षमा आश्चर्यजनक प्रभाव पारेको देखिन्छ ।

मेसिनले आफैँ काम गर्ने कुरा अब विज्ञान कथामा मात्र सीमित नरहेको जस्ता महत्वपुर्ण सामग्री सहित सुनसरीको इटहरीस्थित सुष्मा गाेदावारी कलेजले आगामी ज्येष्ठ ३ र ४ गते  “AI Boot Camp” को आयोजना गर्ने भएको छ ।

बढदाे सूचना प्रविधिको विकास सँगै त्यसको सदुपयोगबाट मानव जीवनले लिन सक्ने लाभको विषयमा जानकारी मूलक कार्यक्रम सहित  पछिल्लो समय प्रविधिको विकास हुने क्रममा छोटो समयमै लोकप्रियता हासिल गरेको कृत्रिम बुद्धिमता  ( Artifical intelligence) को बारेमा जानेका कुराहरूलाई ज्ञान मार्फत बाँड्न २ दिने क्यामपकाे आयोजना गरिएको कलेजले जनाएको छ ।

कृत्रिम बुद्धिमता  ( Artifical intelligence) को सकारात्मक पक्षलाई जोडेर यसको महत्त्व र शिक्षाक्षेत्रलाइ प्रविधियुक्त बनाउन काेशी प्रदेशमै पहिलो पटक २ दिने  “AI Boot Camp” को आयोजना गर्न लागिएको कलेजले जनाएको छ ।

एआईले मानव समाजमा सकारात्मक र नकारात्मक दुवै किसिमले अभूतपूर्व रूपान्तरण ल्याउन सक्ने र मानव जीवन साथै काम गर्ने तरिकामा परिवर्तन ल्याउन सक्ने कलेजले जनाएको छ । एआईलाई  शिक्षासँग मात्र नभई स्वास्थ्य, यातायात, विज्ञान, कला, मनोरञ्जनलगायत हरेक क्षेत्रमा पनि जोडन सकिने जस्ता उपयोगी ज्ञान सहितको दुई दिने क्याम्प आयोजना गर्न लागिएको कलेजले जनाएको छ । फर्म भर्न याे लिंकमा क्लिक गर्नुहाेला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here