स्वास्थ्यमन्त्री यादव र स्वास्थ्य राज्यमन्त्री खानद्वारा शपथ ग्रहण

0
6
काठमाडौँ,
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का सांसद यादवले नेपालको संविधानको धारा, ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
आजै राष्ट्रपति पौडेलेको समुपस्थितिमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि नेपालको संविधानको धारा, ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललगायत विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा जसपाका सांसद प्रदीप यादवलाई मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार तोकिएको छ ।
विसं २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७६ को उपधारा (९) बमोजिम यादव र खानलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here