देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड

0
3

काठमाडौँ,

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।

अनेरास्ववियूको ६०औँ एवं युवासङ्घ नेपालको ३५औँ स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका श्रमजीवी युवा पलायन भइरहेको अवस्थामा युवाहरू एकजुट भएर स्वदेशमा नै उद्यम गर्ने वातावरण बनाउन जरुरी भएको बताउनुभएको छ ।

जनताका तत्कालीन समस्या समधान गर्न जनपरिचालन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभएको छ, “हाम्रो देश यतिबेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । समाजवादतिरको यात्रालाई व्यापक बनाउन जरुरी छ ।”

पूर्वप्रधानमन्त्री खनालले सम्पूर्ण समस्याको एकमात्र समाधान समाजवाद भएको बताउँदै समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्न सक्ने विचार व्यक्त गर्नुभएको छ । ‘यात्रा समृद्धिको र लक्ष्य समाजवाद’को नारालाई व्यवहारमा अनुवाद गर्न उहाँले आह्वान गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here