नेपाल शिक्षक संघको स्थापना दिवस

0
4

चारआली ।

नेपाल शिक्षक संघ झापाले आफ्नो ३५आंै स्थापना दिवस मनाएको छ ।

शिक्षकहरुलाई सम्मान, पुरस्कृत र अभिनन्दन कार्यक्रम चारपानेमा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष तोयानाथ दाहालको सभापतित्व एवम् कोशी प्रदेशका पूर्व मुख्य मन्त्री उद्वव थापाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा शिक्षा विकास समन्वय इकाइ झापाका प्रमुख राजकुमार विक, नेपाली कांग्रेस झापाका उपसभापति केशव पाण्डे, सचिव कृष्ण हुमागाँई, शिक्षक लता खरेल र कृष्णमाया रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा भक्ति शिवाकोटी स्मृति पुरस्कार, सावित्रा–पर्शुराम स्मृति पुरस्कार, चन्द्रमणि–कासिमुनी स्मृति पुरस्कार, पुण्य सिटौला स्मृति पुरस्कार, उत्कृष्ट शिक्षक, प्रध्यानाध्यापक पुरस्कारबाट क्रमशः देबेन्द्र खनाल, इन्दुश्री निरौला, हेतु राजवंशी, प्रकाश भण्डारी, गोपालचन्द्र भुजेल, गेहेन्द्रविक्रम शाह, मुकुन्द ढकाल, तारा पाठक उप्रेती, कपितलाल गनगाई, करुण पराजुली, द्वारिका निरौला, इन्द्र पाठक, कैलाश राई, जमूना न्यौपाने लगायतका शिक्षक सम्मानित एवम् पुरस्कृत भएका थिए ।

झापाका १५ वटै पालिकारुबाट १५ जना उत्कृष्ट सांगठनिक सम्मान प्राप्त गरेको टेकेन्द्र ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here