गायिका अस्मिता अधिकारीको पथरीमा बेजोड प्रस्तुति

0
6

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे १ , जाँते मोडस्थित संचालन भैरहेको पथरी शनिश्चरे महोत्सवमा गायिका अस्मिता अधिकारीले बेजोड सांगीतिक प्रस्तुति दिएकी छिन्।

उनले सोमबार सुनाखरी यूवा क्लवद्वारा आयोजित सो महोत्सवमा आफ्ना लोकप्रिय गीतहरू गाउँदै दर्शक तथा स्रोतालाई भरपुर मनोरन्जन प्रदान गरेकी हुन्। स्टेज चढे देखि नै उनले दर्शक र श्रोताहरू माझ आफ्ना लोकप्रिय गीतहरू गाउँदै सांगीतिक माहौल जमाएकी थिईन्।

नेपाली संगीत क्षेत्रमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिका अधिकारीले “काले केटाले… , तिम्रो घरको वरिपरी…, तिम्रो मायाले बाँधेर राख …, साली मन पऱ्यो.. , को होला त्यो.. , राम राम मेरौती .. जस्ता लोकप्रिय गीतहरू गाइन्।

उनले आफ्नो निक्कै लोकप्रिय गीतहरू गाइरहँदा किशोर किशोरी तथा यूवा युवतीहरुले भने वान्समोर र हुटिङ गरेपछि ‘काले केटाले ‘बोलको गीत दोहोर्याएर गाएकी थिइन्। आन्तरिक व्यापार, पर्यटन तथा फुट फेस्टिबल प्रवर्धनका लागि आयोजना गरिएको सो महोत्सवमा आज स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन् भने भोलि बुधबार गायक कमल खत्रीले आफ्नो सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ।

गत वैशाख २७ गतेदेखि सुरु भएको सो महोत्सव आगामी जेठ ७ गते सम्पन्न हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here