मदन—आश्रित स्मृति दिवसको अवसरमा एमाले झापादवारा रक्तदान

0
65

कमल ।

३३ औं मदन—आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी झापाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कमल गाउँपालिका ५ स्थित पाडाजुँगीमा भएको रक्तदान कार्यक्रमको े व्यवस्थापन एमाले कमल गाउँ कमिटीले गरेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले गरेको थियो ।

रक्तदानमा कार्यक्रममा १३ जना महिला र १११ जना पुरुष गरी जम्मा १२४ जनाले रगतदान गर्नुभएको आयोजकले जनाएको छ ।

कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी झापाका अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको थियो ।

नेकपा एमालेले हरेक वर्ष जेठ ३ गतेका दिन विभिन्न कार्यक्रम गरेर मदन आश्रित स्मृति दिवस मनाउँदै आएको छ । सोही क्रममा आज रक्तदान कार्यक्रम गरेको कमल गाउँ कमिटी अध्यक्ष हरि ढकालले बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा झापा ईन्चार्ज विशाल भट्टराईलगायत,केन्द्रिय कमिटी,प्रदेश कमिटी,जिल्ला कमिटीका नेताहरुको समेत उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here