ओमसाई हस्पिटलमा आँखा उपचार सेवा सुरु, ओपिडीसहित सम्पूर्ण चेकजाँच निःशुल्क

0
13

भद्रपुर ।

भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले बिरामीलाई एकै ठाउँमा सेवा दिने उद्देश्यले आफ्नो स्वास्थ्य सेवालाई विस्तार गरिरहेको छ ।

यसअघि नवजात शिशुको लागि एनआईसीयु र नर्सरी वार्ड सञ्चालन ल्याएको ओमसाई हस्पिटलले यही जेठ १ गतेदेखि आँखा उपचार सेवा पनि सुरु गरेको छ ।

हस्पिटलको माथिल्लो तलामा करिब २५ करोड लागतमा अत्याधुनिकस्तरको प्रविधि प्रयोग गरेर आँखाको उपचार सेवा सुरु गरिएको हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेलले बताए । अहिले आँखाको सम्पूर्ण चेकजाँच सुरु गरिएको छ ।

‘साढे १७ करोडमा आँखा जाँचको उपकरण मात्र खरिद गरेका छौँ,’ अध्यक्ष पोखरेलले भने, ‘आँखा उपचार स्थल सुविधायुक्त बनाएका छौँ, हस्पिटलमा अरू उपचार गराउन आउनेलाई पनि अब सजिलो हुने भयो ।’

१५ दिनसम्म आँखाको बहिरङ्ग (ओपिडी) सेवासहित सम्पूर्ण चेकजाँच निःशुल्क गरिएको अध्यक्ष पोखरेलले बताए । अबको हप्ता दिनभित्र आँखाको शल्यक्रिया पनि सुरु हुँदैछ । मोतिया बिन्दु र रेटिनाको शल्यक्रिया हुने उनले बताए ।

डा. करिश्मा शाक्यसहितको प्राविधिक टोली आँखा उपचारमा खटिएका छन् । सरकारको स्वास्थ्य बिमाबाट पाइने अन्य सेवाहरू दिइरहेको अवस्थामा अब छिट्टै आँखाको उपचार पनि बिमाबाटै उपलब्ध गराउने हस्पिटलका निर्देशक बालकुमार पोखरेलले जानकारी दिए ।

हस्पिटलले एक महिनाभित्र एमआरआई सेवा पनि सञ्चालन गर्ने तयारीमा रहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here