चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन

0
4

बैतडी,

जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । गत आइतबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मी पुनः काममा फर्केका हुन् ।

आन्दोलन फिर्ता भएसँगै चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएर सबै सेवा नियमितरुपमा सञ्चालन भइरहेको अस्पतालका प्रमुख डा सुशील विकले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मी र चिकित्सकले उठाएका मागका विषय सम्बोधन गर्नका लागि १० दिनको समय माग गरिएकाले अस्पताल विकास समितिसँगको सहमतिमा आन्दोलन स्थगित गरिएको जनाएको हो ।

गएको नौ महिनादेखि अतिरिक्त भत्ता, जोखिम भत्ताबापतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूले पाउनुपर्ने सेवाको माग गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलित भएका थिए । उनीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रिया पु¥याउन आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीको अतिरिक्त भत्ता, जोखिम भत्ताबापतको रकम निकासा नदिँदा समस्या भएको थियो । जिल्ला अस्पतालका सेवा सञ्चालन भएपछि बिरामीलाई सहज भएको छ । स्वास्थ्यकर्मी र चिकित्सक आन्दोलित भएपछि बिरामीलाई मर्का परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here