भानु माविका ७० जना विद्यार्थीलाई जेसीजको पहलमा स्कूल ब्याग

0
4

अर्जुनधारा ।

झापाको अर्जुनधारा–५ फूलबारीस्थित भानु माध्यमिक विद्यालयमा अध्धयनरत् विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमकोबिच अर्जुनधारा जेसीज शनिश्चरेले स्कूल ब्याग वितरण गरेको छ ।

युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा भूमिका खेल्दै आएको जेसीजले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयका कक्षा–३देखि कक्षा–८सम्मका ७० जनालाई स्कूल ब्याग वितरण गरेको अध्यक्ष वसन्त बुढाथोकीले जानकारी दिए ।

जेसीजको पहलमा वितरण गरिएका स्कूल ब्यागहरु स्थानीय एवम् हाल दक्षिण कोरियामा रहेका भीम भारतीले सौजन्य गरेको जेसीजका महासचिव मनोज सिटौलाले जानकारी दिए ।

जेसीजका अध्यक्ष बुढाथोकीको अध्यक्षता र सदस्य एवम् कार्यक्रम संयोजक सुमन राईको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गीताराज खड्का “हरि”, दाता भारतीका आमा मनमाया भारती, बुबा मानबहादुर भारती, दिदी जानुका भारतीलगायतले विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेका थिए ।

त्यसैगरी कार्यक्रममा जेसीजकोतर्फबाट दाता भारतीको लागि तयार गरिएको सम्मान पत्र उनका अभिभावकलाई हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा स्थानीय शहरी स्वास्थ्य केन्द्रका प्रमुख रोशन बस्नेतले डेंगु नियन्त्रणका लागि आवश्यक जानकारी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी न्यौपाने, प्रधानाध्यापक रुपक दाहाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक राईले औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव सिटौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here