कमल ।
इलामको चुलाचुली १ मा सन्चालित सातदिने क्रिष्टलबाट चुरा पोते निर्माण र उद्घोषक तालिमको समापन र एक महिने ढाका बुनाई तालिमको उद्घाटन भएको छ ।
झापाको कमल गाउँपालिकामा ३ केर्खामा मुख्य कार्यालय रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजना तथा चुलाचुली १ नम्वर वडाको आर्थिक सहयोगमा सञ्चालित , सात दिने क्रिष्टलबाट चुरा पोते निर्माण र उद्घोषक तालिमको समापन तथा एक महिने ढाका बुनाई तालिमको उद्घाटन भएको हो ।
उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षतामा सम्पन्न तालिम अन्तर्गत एक महिने ढाका बुनाई तालिमको उद्घाटन वडा अध्यक्ष पुर्ण लावतीले गरेका थिए ।
तालिममा सात दिने क्रिष्टलबाट चुरा पोते निर्माण र उद्घोषक तर्फ २०/२० जना सहभागी रहेका थिए । तालिममा सहभागीलाई वडा अध्यक्ष लावतीले प्रमाणपत्र प्रदान गरेका थिए ।
सविता राईले सन्चालन गरेकी थिईन् भने कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई नन्दकुमारी राईले स्वागत गरेकी थिईन् । एक महिने ढाका बुनाई तालिममा १० सहभागी रहने केन्द्रकी उपाध्यक्ष बबिता वाग्लेले जानकारी दिनुभयो ।
तालिममा उद्घोषक तर्फ को सहजीकरण नारायण बस्नेतले गर्नु भएको थियो भने सात दिने क्रिष्टलबाट चुरा पोते निर्माण तथा एक महिने ढाका बुनाई तालिमको सहजीकरण तारा चौधरी गर्नुहुने छ ।