सरस्वती र लक्ष्मी विधा भवनमा सचेतना

0
4

इलाम।

दानाबारी सामुदायिक सिकाई केन्द्रको आयोजना, माई नगरपालिका इलामको सहयोग र लक्ष्मी विधा भवन आधारभूत विधालय माई-५ कालिखोला समन्वयमा एकदिने बालअधिकार, महिला अधिकार र कानूनी साक्षरता सम्बन्धी सचेतना शुक्रवार सम्पन्न भएको छ ।

सिकाई केन्द्रका उपाध्यक्ष यदुनाथ दुलालको अध्यक्षता, लक्ष्मी विधा भवन आविका प्रधानाध्यापक केशर वहादुर देवानको प्रमुख आथित्यता, शिक्षकहरु टेकनाथ भट्टराई, विनोद मगर लगायतको सहभागितामा सचेतना सम्पन्न भएको थियो ।

अधिवक्ता विमल कुमार दहालले सहजीकरण गर्नुभएको सचेतना कार्यक्रमलाई आयोजक संस्थाका कोषाध्यक्ष दुर्गाराज शंकरले सन्चालन र सचिव सिता भट्टराईले स्वागत गर्नु भएको थियो । सचेतना कार्यक्रममा विधालयका शिक्षक, बिध्यार्थी गरि ६८ जनाको सहभागिता रहेको थियो । त्यस्तै सोही प्रकारको सचेतना सरस्वती मावि माई-३ मा विहिवार सम्पन्न भएको छ ।

सिकाई केन्द्रका उपाध्यक्ष यदुनाथ दुलालको अध्यक्षता, सरस्वती माविका प्रधानध्यापक डिल्लीराम धितालको प्रमुख आथित्यता र शिक्षक अनुरञ्जन कुमार यादव लगायतले सचेतना कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमममा विधालयका ४८ विध्यार्थीहरुको सहभागिता रहेको थियो ।

अनौपचारिक शिक्षा केन्द्रको स्वीकृतीमा २०६८ सालमा स्थापना भएको दानावारी सामुदायिक सिकाई केन्द्रले पौढ शिक्षा, अतिरिक्त कृयाकलाप अन्तरगत हाजिरी जवाफ प्रतियोगिता, वाल शिक्षा, शतप्रतिशत विधालय भर्ना अभियान, पुस्ताकालय सञ्चालन, निशुल्क वाईफाई सुविधा, वाल अधिकार, महिला अधिकार कार्यक्रम, कानूनी साक्षरता सम्बन्धी कार्यक्रम, शैक्षिक गतिविधी तथा प्रोफायल निर्माण महिला समुह गठन, विउपुँजी अनुदान लगायतका कार्यहरु गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here