केपी बासँग बालबालिका कार्यक्रम हुने

0
48

सुरुङ्गा।

सुरुङ्गामा बासँग बालबालिका कार्यक्रम हुने भएको छ । आइतबार स्थानीय होटल डिलाइटमा पत्रकार भेटघाटमा सो कार्यक्रमसम्बन्धि जानकारी गराइएको छ ।

झापा जिल्ला बाल सञ्जालको आयोजना, कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग, झापाका सम्पूर्ण पालिकाको सहयोग, आई. वाई. डायनामिक इन्टरनेशनलको समन्वयमा हुने कार्यक्रममा स्थानीय बाल सञ्जालको समन्वयमा १४ पालिका हरेकबाट प्रतिनिधिमूलक ३० बालबालिका र कनकाई नगरपालिकाबाट थप गरि जम्मा ६ सयको सहभागिता रहने छ ।

मङ्गलबार कनकाई उद्योग वाणिज्य सङ्घ सुरुङ्गाको सभाहलमा हुने कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओलीका बालबालिकासम्बन्धि दूरदृष्टि वा भिजन सुन्ने, झापाका बालबालिकाका प्रतिनिधिमूलक आवाज, अपेक्षा र आवश्यकता केपी बालाई जानकारी गराउने, केपी बा र बालबालिकाका अनुभव तथा सिकाइ आदानप्रदान गर्ने, विगत, वर्तमान र भविष्यका नेपालका निर्णायक व्यक्ति रहेका केपीबाका विचार सुन्ने र पूर्वी नेपालको तेह्रथुममा जन्मेर झापामा हुर्की, बढी, पढी र जीवन सङ्घर्षमा अघि बढ्दै लोकप्रियताको शिखरमा पुगेका व्यक्तित्वसँग झापाली बालबालिकासँग साक्षात्कार गराउने उद्देशसहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ ।

बालबालिकाले पूर्व प्रम ओलीसँ आफ्ना समस्या र गुनासा राख्न पाउने छन् । झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्र को अध्यक्षता र जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा भएको पत्रका भेटघाटमा कार्यक्रम व्यवस्थापन समितिका सदस्य रवीन्द्र लम्साल, बाल कल्याण अधिकारी उमानाथ ढकाल लगायतले कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्दै उठेका प्रश्नको जवाफ दिएका थिए ।

सो पत्रकार भेटघाटमा सञ्चारकर्मी संगीता उप्रेती, विनोद पाण्डे,सावित्रा दाहाल, लीलाराज झापाली, रामप्रसाद निरौला, प्रदीप परियार लगायतले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा आयोजक समिति सदस्य अर्जुन उप्रेती, विजय पाठक, अनुप भट्टराई, कनकाई नगर बाल सञ्जाल अध्यक्ष अश्लेषा कडेल लगायतको उपस्थिति रहेको थियोे । पत्रकार भेटघाट कार्यक्रमको कनकाई सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेलले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here