मवि स्तरीय हाजिरी जवाफमा स्वर्णीम मोडल प्रथम

0
5

विमल दहाल, इलाम ।

अन्तर माध्यमिक बिद्यालय हाजिरी जवाफ प्रतियोगितामा २५ अंक सहित स्वर्णीम मोडल एकेडेमी माई–४ प्रथम बनेको छ ।

दानाबारी सामुदायिक सिकाई केन्द्र माईका आयोजना र शिक्षा, युवा तथा खेलकुद शाखा माई नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा कन्काई मावि माई–२ ले २३ अंकका साथ द्धितिय, इलाम न्यू लाईट इ.मा.वि माई–२ ले २० अंक सहित तृतिय र नेपाल ऐकेडेमी माई–४ ले १९ अंक सहित सान्तना स्थान प्राप्त गरेका छन ।

नेपाल ऐकेडेमी र सरस्वती वरावर अ‍ैक ल्याई सान्तना भएपछी थप २ प्रश्नमा २ प्लस अंक सहित नेपाल ऐकेडेमी सान्तवना भएको थियो । प्रथम, द्धितिय, तृतिय र सान्तानालाई आयोजकले नगद २ हजार ९ सय, २ हजार, एक हजार ४ सय र एक हजार नगद प्रदान गरेको छ भने अन्य सहभागी बिद्यालयलाई नगद ५ सयका दरले यातायात खर्च व्यवस्थापन गरिएको थियो ।

माई नगरपालिका वडा नम्बर १ देखी ५ सम्मका ८ वटा माध्यामिक बिद्यालय सहभागी रहेको प्रतियोगितामा सरस्वती मावि माई–३ ले १९ अंक सहित पाचौ, कृष्ण मावि माई–५ ले १३ अंक सहित छैटौ, युवा बर्ष मावि माई–१ ले ११ अंक सहित सातौ र शिशुसेवा मावि माई–२ ले ८ अंक सहित आठौ भएका थिए ।

सिकाई केन्द्रका अध्यक्ष विमल कुमार दहालको अध्यक्षता, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सिता लावतीको प्रमुख अथित्यता र कन्काई माविका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवम पुर्ब उपमेयर बिष्णुमाया आचार्यको बिशेष आथित्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षकहरु भरत भण्डारी र खड्ग प्रसाद दुलालले गर्नु र्भको थियो ।

संस्थाका कोषध्यक्ष दुर्गाराज शंकरको सञ्चालनमा सम्पन्न कार्यक्रममा अभिभावक कृष्ण खाकी, राधाकृष्ण अधिकारी, राम थापा, सिता भट्टराई, शिक्षक खेम लिम्बु, विकास राई, विजय राई लगायतको शुभकामना तथा कार्यक्रम सफलताको लागि सकृय सहभागिता रहेको थियो ।

अनौपचारिक शिक्षा र अतिरिक्त कृयाकलाप मार्फत बिभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको दानाबारी सामुदायिक सिकाई केन्द्रले शिक्षक, अभिभावक र बिद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here