यशोदा स्मृति प्रतिष्ठानद्वारा शवबाहन सञ्चालनमा

0
4

झापा ।

सामाजिक सेवामा सर्मपित रहेको यशोदा निरौला स्मृति प्रतिष्ठानले यस वर्षदेखि शवबाहन सञ्चालनमा ल्याएको छ । बिर्तामोड नगरपालिका ५ मा रहेको प्रतिष्ठानले यशोदा निरौलाको नवौं स्मृति दिवसको अवसर पारेर शवबाहन सञ्चालनमा ल्याएको हो । यशादाको प्रसव बेदनाका कारण २०७२ साल जेठ ७ गते निधन भएको थियो ।

यशोदाको निधनपछि परिवारले प्रतिष्ठानको स्थापना गरी विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सो क्रममा यो वर्ष शबवाहन खरिद गरी अति विपन्न परिवारलाई निःशुल्क सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाले बताउनुभयो ।

संस्थाको नाममा रहेको कोषको व्याज र अपुग रकम परिवारले थप गर्दै शबवाहन खरिद गरिएको प्रतिष्ठानका सचिब तथा यशोदाका श्रीमान रमेश निरौलाले बताउनुभयो ।

प्रतिष्ठानले यस अघि अति विपन्न परिवारका लागि आर्थिक सहयोग, निःशुल्क आँखा शिविर तथा औषधि बितरण, रक्तदान, अर्जुनधारा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनार्थ एक लाख रुपैयाँ प्रदान गरेको थियो ।

त्यस्तै एक सय १० जना विपन्न परिवारको स्वास्थ्य विमा, अपङ्गता भएका व्यक्तिलाई निःशुल्क ब्हीलचेयर वितरण, नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई आर्थिक सहयोग , एकका लागि एक अभियानलाई पाँच थान अक्सिजन सिलिण्डर प्रदान गरेको संस्थाका संस्थापक अध्यक्ष विष्णुकुमार निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गर्भवती महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै उनीहरुको उपचारका लागि समेत आर्थिक सहयोग गर्दै आएको छ ।

संस्थाले आगामी दिनमा समेत उक्त कार्यलाई निरन्तरता दिँने संस्थाका संरक्षक सागरमणि ढकालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here