खड्का राप्रपामा प्रवेश

0
4

बिर्तामोड ।

उद्योग वाणिज्य संघका कोशी प्रदेश अध्यक्ष नरेन्द्र खड्का राप्रपमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसकोे सक्रिय राजनीतिमा रहेर काम गरिरहेका झापाको धुलावारी निवासी खड्का राप्रपमा प्रवेश गरेका हुन् ।

तरुण दल झापाका पूर्व सभापतिसमेत रहेका उनी उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य समेत हुन् । उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यता प्रदान गरेका छन् ।

काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा खड्कालाई सदस्यता प्रदान गर्दै जुझारु युवालाई राप्रपामा प्रवेश गराउन पाउँदा खुशी लागेको अध्यक्ष लिङ्देनले बताए । उनले खड्कालाई पार्टीमा स्वागत गर्दै सक्रिय राजनीतिमा लाग्न सल्लाहसमेत दिए ।

झापा क्षेत्र नं. १मा नेपाली कांग्रेसका राजनीति तथा व्यवसायिक क्षेत्रमा क्रियाशील खड्का राप्रपामा प्रवेश गरेसँगै संगठनलाई चलायमान बनाउन उनको भूमिका महत्वपूर्ण हुने पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here