झापामा मोटरसाइकल चोरी गरेको आरोपमा एक बालकसहित पाँच जना पक्राउ

0
7

झापा ।

झापामा मोटरसाइकल चोरी गरेको आरोपमा एक बालकसहित पाँच जना पक्राउ परेका छन्।

उनीहरूलाई चोरी गरिएका तीन वटा मोटरसाइकलसहित कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ का १८ वर्षीय प्रियंक कँडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नवीन बस्नेत, १५ वर्षीय बालक र कनकाई– ३ का १८ वर्षीय सम्रिक चुडाल रहेका छन्।

कनकाई नगरपालिका– ३ र ४ मा चोरीको मोटरसाइकल रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट प्रदेश १–०२–०१ प ३१४६ नम्बरको केटीएम डुक, मे ९ प ६४६१ नम्बरको एनएस, प्रदेश ३–०२–००९ प ५२२१ नम्बरको क्रोश फायर मोटरसाइकल बरामद गरेको थियो। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।

झापामा मोटरसाइकल चोरीका घटना वृद्धि भएसंगै प्रहरीले निगरानी बढाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here