कडरिया बन्धुको १५ औं सभा

0
9

सुरुङ्गा।

कडरिया बन्धु सेवा समाज झापा-मोरङ शाखाको १५ औं साधारणसभा तथा गोठधुप पुजा कार्यक्रम सम्पन्न भएको छ ।

कनकाईधाम कोटीहवनस्थित कडरिया बन्धु भवनको सभाहलमा सम्पन्न कार्यक्रममा शाखा अध्यक्ष वीरेन्द्र कडरियाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।

त्यसैगरी, संस्थाका सचिव विक्रम विकास कडरियाले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष लयप्रसाद कडरियाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सबै प्रतिवेदनहरू व्यापक छलफलपछि सर्वसम्मत पारित गरिएका थिए ।

कडरिया बन्धु वंशावली लेखन समितिका संयोजक मेदनीप्रसाद कडरियाको प्रमुख आतिथ्य र सिदिङमा गाउँपालिका पाँचथरका पूर्व अध्यक्ष नरबहादुर कडरियाको विशेष आतिथ्यमा भएको कार्यक्रममा गत वर्ष चैत ३ गतेदेखि शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका संयोजक गणेशप्रसाद कडरियाले पुराणको समीक्षा प्रस्तुत गरेका थिए ।

पुराणबाट खर्च कटाएर २० लाख ९८ हजार ५५३ रूपैयाँ बचत भएको कडरिया बन्धु सेवा समाज झापा मोरङ शाखाका सदस्य राधिका कडरियाले जानकारी दिइन् ।

सो कार्यक्रममा संस्थाको भौतिक विकासमा सहयोग पुर्‍याउने सीता कडरिया र भोला कडरियालाई दोसल्ला, रूद्राक्षको माला र सम्मान पत्रले सम्मान गरिएको थियोे । त्यसै गरी, २०७९ सालको एसईईमा कडरिया बन्धुभित्रबाट उत्कृष्ट नतिजा ल्याउने सामुदायिकतर्फ धुलाबारी माविका सरस्वती कडरिया र संस्थागततर्फ लिटल फ्लावर्स विर्तामोडका कृश्चल कडरियालाई जनही ४ हजार नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियोे ।

कार्यक्रम संस्थाका सचिव विक्रम विकास कडरियाले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here