माईखोलाले वगाएर दुई वालकको ज्यान गयो

0
6

विमल दहाल, इलाम । 

इलामको माई नगरपालिका–२ र ८ को बीच दुङदुङ्गेमा माईखोलाले वगाएर दुई जना वालकको ज्यान गएको छ ।

विहिवार दिउँसो पौडी खेल्ने क्रममा माई–८ मंगलवारेका राजेन्द्र आङदम्बेका ९ बर्षीय छोरा किश्मन आङ्गदम्बे र रातेखोलाका बिक्रम लिम्बूका ११ बर्षीय छोरा मिन्सुहाङ्ग लिम्बुको ज्यान गएको हो । स्थानीय ५ जना वालक पौडी खेल्ने क्रममा दिउसो २स्३० वजे एक्कासी खोलाको वहाव बढेपछी ३ जना निस्कन सफल भएका र वाँकी २ जना मिन्सुहाङ्ग र किस्मनलाई खोलाले बगाएको थियो ।

मिन्सुलाई नजिकैबाट स्थानीयको सकृयतमा उद्वार गरि माई अस्पलाल हुदै वि एण्ड सी अस्पताल विर्तामोड लगिए पनि अस्पताल पुर्याउदा उनको ज्यान गएको लोदिया प्रहरी चौकी दानावारीका बरिष्ठ प्रहरी नायव निरिक्षक कैलाश कुमार केसीले जानकारी दिनुभयो ।

यता खोलामा वेपत्ता किस्मनलाई घटना भएको जानकारी पाउना साथ खोजी थालिएपनि घटना भएको स्थान भन्दा करिव ७ किलोमिटर दक्षिण झापा–इलाम सिमा दोमुखावाट मृत अवस्थामा फेला पारिएको माई८ का वडाअध्यक्ष अमृत मोक्तानलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here