विमल दहाल,इलाम ।

शिक्षण पेशावाट पेन्सन भएका राम वहादुर मगर (राम सर) आजभोली घरभम्दा १ किलोमिटर माथि रहेको कृषि फर्ममा व्यस्त रहने गर्नुभएको छ ।
कृषि फर्मनै दर्ता गरेर व्यवसायिक सब्जी खेतिमा लाग्नु भएका राम सर गत वर्ष मात्र गरुवा आधारभूत विधालयवाट निबृत्त रहनु भएको थियो । वहाँले आफ्नो कृषि फर्मवाट उत्पादन गर्नु भएको सब्जीहरु हजारौ रुपैयाको विक्री गरिरहनु भएको छ । स्थानीयको पाठशालाकै रुपमा सन्चालन गर्नु भएको कृषि कर्मले सबैलाई कृषि कार्यको प्रेरणाको श्रोतका रुपमा देखाई रहनु भएको छ ।
रेश्मा एकिकृत कृषि तथा पशुपंक्षी फर्म माई नगरपालिका-४ धरमपुरका नामवाट विभिन्न कृषि उत्पादन गर्दै रहेको संचालक राम वहादुर राई (राम सर) ले वताउनु भएको छ । राम सरले भन्नु भयो सकेसम्म विषादी रहितको सब्जी उत्पादनमा जोड दिएका छौ, आर्गानिक उत्पादनमा सवैलाई विश्वास दिलाउन प्रयासमा छौ ।
आफ्नो ६ रोपनी जमिनमा भिन्डी, गोलभेडा, करेला, काक्रा, वैगुन लगायतका खेतिलाई उत्पादन गर्दै रहेको छ । वजार मुल्य भन्दा सस्तो र आर्गानिक सब्जी पाए पछी रेश्मा एकिकृत कृषि तथा पशुपंक्षी फर्म माई नगरपालिका-४ इलाम स्थानीयको आकर्षण फर्मका रुपमा वढेको हो ।

रेश्मा एकिकृत कृषि तथा पशुपंक्षी फर्मले उत्पादन वढाए संगै कृषि ग्यान केन्द्र इलामले १ लाख रुपैया अनुदान दिएको छ । उक्त फर्मको टनेल निर्माण, मलखाद, विउविजन खरिद लगायतका लागि अनुदान दिइएको र उदाहरणिय एवम प्रंससनीय कार्य गरिएको कृषि सेवा केन्द्र माईका नायव प्राविधिक सहायक निरमाया तामाङ्गले वताउनुभयो ।
विहिवार कृषि फर्म स्थलमै सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै फर्मका सन्चालक मगरले आर्गानिक सब्जी उत्पादनमा जोड दिएको दोह्याउदै थप आर्गानिक उत्पादनमा सवैको हौसला आवश्यक्ता रहेको वताउनु भयो । फर्मका अर्का सन्चालक ढगेन्द्र मगरको सन्चालनमा सम्पन्न सुनुवाई कार्यक्रममा अतिथीहरु नीरमाया तामाङ, विमल दहाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
स्थानीय समाजसेवी उमानाथ बास्तोला, टेक वहादुर लुङ्गेली, हरि असिम, भानुभक्त बास्तोला लगायत ५० वढी सहभागी रहेको कार्यक्रममा रेश्मा एकिकृत कृषि तथा पशुपंक्षी फर्मको समेत अनुगमन गरिएको थियो ।






























