एकल महिलालाई कपडाको झोला बनाउने तालिम

0
5

इलाम ।

एकल महिलाहरुलाई कपडाको झोला बनाउने एक महिना तालिम माईको शुक्रबारेमा शनिबारबाट शुरु भएको छ ।

एन.एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जीनियरिङ प्रा.ली.भानुपथ इलामको आयोजना र लघु घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र त्रिपुरेश्वर काठमाण्डौको आर्थिक सहयोगमा शुरु भएको तालिममा माई नगरपालिका भित्रका २० जना एकल महिलाहरुको सहभागिता रहेको छ ।

तालिम कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिका उपप्रमुख हिमा भण्डारीले स्थानीय ठाँउमा सिकेका विषयलाई स्थानीय ठाँउमै प्रयोग गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको छ । वहाँले तालिम लिएर उद्यमी बनेका महिलाहरुलाई वडा र नगरले सहयोग गर्ने समेत जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका माई नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हेम बहादुर लायो मगरले तालिमले महिलाहरुमा आर्थिक आर्जन गर्न सहयोग गर्ने बताउनुहुदै तालिमलाई व्यबस्थित गराउन बजेटको प्रवन्ध वडा र नगरले गर्ने प्रतिबद्धता गर्नु भयो ।

तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य ज्ञान बहादुर कटुवाल, लेखमाया राई, लालीगुराँस महिला समुहकी अध्यक्ष गौरीमाया काफ्ले, एकल महिला समुह माईकी कुमारी रैका मगर, महिला अधिकारकर्मी मिना राई लगायतको सहभागिता रहेको थियो ।

आयोजक संस्थाका पिताम्बर आचार्यले सञ्चालन गर्नु भएको तालिमलाई यदु झोला उत्पादन तथा तालिम केन्द्र इनपा ९ का प्रबन्धक दिपा आचार्य ढकालले सहजीकरण गर्नुहुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here