पार्टी प्रवक्ता महेशलाई तत्काल रिहा नगरे कडा संर्घषमा उत्रने माओवादीको चेतावनी

0
8

बिर्तामोड ।

नेपाल कम्यु्निष्ट पार्टी माओवादीले देश इतिहासकै संकटपूर्ण अवस्थामा गुज्रिरहेको भन्दै संसदीय व्यवस्थाको असफलताका कारण यस्तो अवस्था सृजना भएको जनाएको छ ।

विषम परिस्थितिमा नेकपा माओवादीले संसदीय सत्तालाई ध्वस्त गर्दैै वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापनार्थ सम्झौताहिन संघर्षमा जुट्न सबैसँग आह्वान समेत गरेको छ । नेपाल कम्प्युनिष्ट पार्टी माओवादीका महासचिव महावीरले एक विज्ञप्ति प्रकाशित गर्दै जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु रक्षाका लागि एकजुट हुनुपर्ने विचार व्यक्त गरेको छ ।

संसदवादी राजनीतिक दलहरुमा सामान्य राजनीतिक नैतिकता समेत गुमेको भन्दै त्यसबिरुद्ध कडा रुपमा उत्रने चेतावनी समेत दिएको छ । उक्त पार्टीले चितवनको भरतपुर महानगरपालिका–२५ स्थित रोसी राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्त विश्वनाथ थारु (महेश)लाई बैठक बसिरहेको बेला प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । षडयन्त्रपूर्वक झुटा मुद्दा लगाउने तयारी स्वरुप आफ्ना पार्टीका प्रवक्ता पक्राउ परेको भन्दै तत्काल बिना शर्त रिहा नगरे कडा संघर्षमा उत्रने माओवादीले चेतावनी समेत दिएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘जनताका न्याय मुक्ति र स्वतन्त्रताको हिमायती माथि गरिने षडयन्त्रकाबिरुद्ध प्रतिरोध संघर्षको विकल्प नहुने र जसबाट उत्पन्न परिणामको जिम्मा सत्ताधारी नै हुने चेतावनी दिन चाहन्छौं ।’ जनता मिटरब्याज आतंक, वित्तीय अपराध, सहकारी ठगी, भ्रष्टचार, वेरोजगारी लगायतले आक्रान्त बनिरहेका बेला उनीहरुको न्यायका लागि आफ्नो पार्टी सशक्त रुपमा उभिने विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here