एक दिने नि:शुल्क स्क्रिनिङ्ग क्याम्प माई-८ मा सम्पन्न

0
8

माई,

प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी एक दिने नि:शुल्क स्क्रिनिङ्ग क्याम्प आधारभूत स्वास्थ्य इकाई माई-८ मा सम्पन्न भएको छ ।

माई नगरपालिका स्वास्थ्य शाखा इलामको आयोजनामा सम्पन्न शिविरमा स्थानीय ६२ जना महिलाले स्वास्थ सेवा लिएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो ।
शिविरलाई माई नगरपालिका प्रमुख खम्वा सिं लिम्बुले अनुगमन र निरिक्षण गर्नुभएको थियो ।

माई अस्पतालका डाक्टर गौतम कुमार झा, कन्काई अस्पतालका डाक्टर सुरेश दाश, सिनियर अनमी कमला श्रेष्ठ, स्टाफ नर्स देवि धमला, अनमी पारु सुब्वा, एच.ए. कमल विश्बकर्मा, तान्छोहाङ्ग आङ्दम्वे लगायत स्वास्थ्यकर्मीले पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण (भिआईए जाँच), परिवार नियोजन सम्बन्धी सेवाहरु प्रदान गर्नुभएको थियो ।

माई नगरपालिकामा स्वास्थ्य शाखाले विभिन्न वडामा कार्यक्रम सञ्चालन गर्दै रहेको कार्यक्रमका संयोजक जनस्वास्थ्य निरिक्षक पुष्कर कट्टेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here