तीनचुले जडीबुटी सहकारीले रोप्यो १५० रोपनी क्षेत्रफलमा बर्खे आलु

0
51

युद्धबहादुर बोहोरा,
पाँचथर।

तीनचुले जडीबुटी सहकारी संस्था लिमिटेडले यस वर्ष एक सय ५० रोपनी क्षेत्रफलमा विभिन्न उन्नत जातका बर्खे आलु रोपेको छ ।

फाल्गुनन्द–४ नम्बर वडास्थित चिलिङदिनमा २०६८ सालमा स्थापना भएको यस संस्थाका ६३ जना शेयर सदस्यमध्ये १५ जनाले सामुहिक आलुखेती गरेका हुन् । प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम अन्तर्गत कार्यान्वयन एकाई ताप्लेजुङ, प्राविधिक एकाई (आलुजोन) पाँचथरको आर्थिक तथा प्राविधिक सहयोगमा २० लाख रुपैयाँको बजेमा योजना सम्पन्न गरिएको संस्थाका अध्यक्ष पेम्वा शेर्पाले जानकारी दिए ।

चक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन बृदिका लागि पँुजीगत सहयोग आर्थिक वर्ष २०८०÷०८१ आलुजोन कार्यक्रम समचालन गर्न साझेदार संस्थाको १० लाख र कार्यालयको अनुदान सहयोग १० लाख गरी जम्मा २० लाख रुपैयाँको लगानीमा २०८० पुस महिनादेखि शुरु भई २०८१ बैशाखमा रोपण कार्य सम्पन्न भएको जनाइएको छ । ड्याङ बनाएर नयाँ माटोमा जङ्गल फाँडेर २५० मन आलु रोपण गरिएको संस्थाका अध्यक्ष शेर्पाले बताए । प्राविधिक स्टमेट अनुसार बिउलाई नकाटिकन डल्लै रोपिएको छ ।

यस संस्थाले बीऊ खरिद, जोत्ने मेसिन (मिनी टिलर), चेनस मेसिन, तराजु, प्लाष्टिक ड्रम, पाइप, कृषि औजार, सिँचाईको लागि पानी ट्याङ्की लगायत विभिन्न सामग्री खरिद गरेको आयव्ययसहितको सार्वजनिक सुनुवाई सम्पन्न गरेको जनाएको छ ।

यस अघिदेखि नै यस संस्थाले अग्र्यानिक कृषिजन्य वस्तुहरूको उत्पादन गर्दै आएको छ भने जडीबुटी खेती, जडीबुटी नर्सरी स्थापना, व्यावसायिक खेती विस्तार र उन्नत जातका बङ्गुरपालन समेत गरेको छ । यस वर्ष आलु खेती गरेर स्वरोजगार र किसानलाई आयआर्जनको व्यवस्था मिलाउन पहल गरेसंगै प्राविधिकले अनुगमन गरी तालिम समेत दिएर उत्पादनमुखी काममा लगानी गरिएको बताइएको छ । आलु उत्पादन हुने यस क्षेत्रमा जे–जति उत्पादन हुन्छ त्यसलाई सामुहिक बिक्री गरिने र बजारीकरणलाई कार्यालयले सहयोग गर्ने भएको छ ।

आलु खने पश्चात बेमौसमी सब्जीखेती गर्ने योजना रहेको जनाइएको छ । संस्थाले उत्पादन गर्ने क्षेत्र नजिकै यातायातको सुविधा सहज रहेको तर स्टोर गर्ने भवनको अभाव भएको जनाएको छ । संस्थालाई थप तालिम र सहयोगको आवश्यक परेको अध्यक्ष शेर्पाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here