७९ जना बिद्यार्थीलाई छात्रबृत्ति वितरण

0
7

बिर्तामोड ।

झापाका कक्षा १ देखि १२ सम्म अध्ययनरत ७९ जना बिद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ । झापाली समाज अमेरिका, झापा विकास म च र झापा जिल्ला सहकारी संघको सहकार्यमा बिद्यार्थीहरुलाई छात्रवुत्ति प्रदान गरिएको हो । बिद्यालय स्थानीय तह तथा पालिकाबाट सिफारिस भएका ७९ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

झापाको बिर्तामोडमा भविश्यको कर्णधार छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरी मंगलबार ९आज० झापाका १५ वटै स्थानीय तहका ७९ जना बिद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ । १७ औँ गणतन्त्र दिवसको अवसर पारेर छात्तवृत्ति वितरण गरिएको हो । जनही २० हजार रुपैयाँका दरले छात्तवृत्ति बितरण गरिएको बताइएको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला शिक्षा समन्वय समितिका प्रमुख राजकुमार विकको प्रमुख आतिथ्य रहेको थियो । स्वागत झापा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि बिक, झापाली समाज अमेरिकाका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गाना, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, झापा विकास मञ्जका अध्यक्ष डा। आनन्द श्रेष्ठ, सहकारीका तर्फबाट सुनकोशी सहकारीका अध्यक्ष गंगाराम ओडारी, शिक्षकका तर्फबाट मेचीनगरको सरस्वती माबिका प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, छात्रवृत्ति पाउने बिद्यार्थीकातर्फबाट जनकल्याण माविका ज्ञानदेव राजवंशी, अभिभावकका तर्फबाट सरस्वती रसाइलीलगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

त्यस्तै भविश्यको कर्णधार छात्रवृत्ति कोष स्थापनाका लागि संघका अध्यक्ष गणेश ढकालले एकलाख, संघका बरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले एकलाख र सचिव भवानीप्रसाद दंगालले ५० हजार रुपैयाँ दिने घोषणासमेत गरेका छन् ।

सोही कार्यक्रमकाबिच झापाली समाज युएसएले झापाको कनकाई नगरपालिकालाई एउटा शव बाहन हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कडेल र पूर्व अध्यक्ष सुशिलाकुमार श्रेष्ठले संयुक्त रुपमा शव बाहनको चावी नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तान्तरण गरेका थिए । त्यस्तै झापाली समाज साउदी अरवले छात्रबृत्तिका लागि ५ लाख रुपैयाँ प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here