एकसय ५० परिवारलाई झुल वितरण

0
7

काँकरभिट्टा ।

गणतन्त्र दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) मेचीनगरले एकसय ५० परिवारलाई झुल वितरण गरेको छ । माओवादी मेचीनगर र वडा नम्बर ७ को आयोजनामा मंगलबार (आज) मेचीनगर–७ स्थित सतीघट्टा चिया बगानका श्रमिकलाई झुल बितरण गरिएको हो ।

१७ औ गणतन्त्र दिवसको अवसर पारेर मेचीनगर ७ स्थित सतीघट्टा चिया बगानको गोमनसरीस्थित खान्द्रु टोल, नमुना टोल र चिया बगान १२ नम्बर इकाईमा गरेर एकसय ५० परिवारलाई झुल वितरण गरिएको छ ।

जनताका दुःख सुखमा साथ र सहयोग गर्दै उनीहरुलाई पार्टीसँग जोड्ने उदेश्यले झुल वितरण गरिएको नगर अध्यक्ष राजन चिमरियाले बताएका छन् ।

झुल बितरण कार्यक्रममा नगर अध्यक्ष राजन चिमरिया, उपाध्यक्ष बद्रीनाथ फुयाल (बिएनपी), सचिव ज्ञानेन्द्र घिमिरे, कोषाध्यक्ष दिनेश ओली, पार्टीका मेचीनगर ७ का अध्यक्ष कृतिनिधि गौतम, ६ का अध्यक्ष ध्रुब गिरीलगायतको उपस्थिति रहेको थियो ।

सामाजिक तथा ब्यवसायी ब्यक्तित्व राजन चिमरियाले गत बैशाख २७ गते २१ औं बैवाहिक बर्ष गाँठको अवसर पारेर नगरका १५ वटै वडामा एक सयका दरले झुल वितरण गर्ने घोषणा गरेका थिए । उक्त अभियान अन्तरगत नगर र वडा पार्टीसँगको सहकार्यमा झुल वितरण गरिएको चिमरियाले बताए ।

अघिल्ला प्रत्येक बर्षहरुमा जन्मदिन र बैवाहिक वर्षगाँठको अवसरमा समाजमा बिभिन्न समस्यामा पर्दै आएका बिपन्न समुदायलाई सहयोग पुर्याउँदै आएका चिमरियाले यस बर्ष झुल बितरण अभियान सञ्चालन गरेका हुन् ।

उनले २१ औं बैवाहिक वर्षगाँठको अवसरमा गत बैशाख २७ गते मेचीनगर–८ को टोकला बगानका श्रमिकहरुलाई एकसय ५० थान झुल बितरण गरेर अभियानको सुरुवात गरेका थिए । रीतिका डेरी उद्योगका सञ्चालकसमेत रहेका चिमरियाले आफ्नो जन्मदिन कार्तिक १६ गते र बैवाहिक बर्षगाठमा प्रत्येक बर्ष सामाजिक सेवा अन्तरगत दीनदुखीलाई सहयोग गरेर मनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here