गणतन्त्र दिवसमा वक्तृत्वकला सम्पन्न

0
19

चारआली ।

गणतन्त्र दिवसको अवसरमा चेतनशील सामुदायिक सिकाई केन्द्र मेचीनगर १० खयरडाँगीले ‘पर्यावरण र पानीको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता धुलाबारीमा सम्पन्न भएको छ।

प्रतियोगितामा मेचीनगर १० भित्र रहेका ६ वटा बाल क्लवका बालबालिका सहभागि भएका थिए । प्रतियोगितामा प्रथम क्याम्पस बाल क्लवका सोयल अली, दोस्रो चेतनशील सामुदायिक सि.के.का प्राञ्जल खनाल र तेस्रो प्रगति बाल क्लवकी प्रजिसा पोखरेल भएका थिए ।

उनीहरुलाई नगद पुरस्कार हित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मेचीनगर पालिकाको सामाजिक विकास शाखा संयोजक हृदय राजवंशीको प्रमुख आथित्यमा भएको कार्यक्रममा धुलाबारी खानेपानीका पूर्व अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, आयोजक संस्थाका पूर्व अध्यक्षहरु निरोज कट्टेल, चेतन बिष्ट, इन्द्र बास्कोटा, प्रकाश पोखरेल सचिव कुलप्रसाद कट्टेल, मेचीनगर १० का वडा सदस्य विशाल कार्की, महाकालेश्वर मन्दिर अध्यक्ष केदार गौतम, मणिराम खतिवडा, रमेशप्रसाद बराल ,मोहनप्रसाद खतिवडा , जीतबहादुर खड्का, लीला खवास ,पवित्रा बराल ,सरस्वती घिमिरे चेतनशिल सस्थाकी परिचालिका ममता खतिवडा लगायतको उपस्थिति थियो।

प्रतियोगिताका निर्णायक भूमिकामा काँकरभिट्टा माविका शिक्षक पूर्ण भेटवाल र शिशु साक्षर निमावि धुलाबारीका शिक्षिका शशी पराजुली थिए । चेतनशील सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उदय बराइलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी उपाध्याय धनमाया गौतमले र सञ्चालन धर्मेन्द्र खड्काले गरेको टेकेन्द्र ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here