जनता माविमा सूर्तीजन्य पदार्थ सेवन न्यूनिकरण सम्बन्धी अभिमुखीकरण

0
6

अर्जुनधारा।

झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित जनता माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार विद्यालयमा सूर्तीजन्य पदार्थ सेवन न्यूनिकरण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“सूर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔं”भन्ने मुख्य नारासहित विश्व सूर्तीजन्य पदार्थरहित दिवसको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीसहित सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहजकर्ता विद्यालयकी स्टाफ नर्स पूजा ढुंगेलले धुम्रपान तथा सूर्तीजन्य पदार्थको परिचय, सूर्तीजन्य पदार्थको महामारीः मुख्य तथ्यहरु, सूर्तीजन्य पदार्थको सेवनबाट हुने असरहरु, सूर्तीजन्य पदार्थ सेवनबाट हुने रोग र मृत्युबाट बच्ने उपाय, सूर्तीजन्य पदार्थ सेवनबिरुद्ध अभियान किन, नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रण नियमनमा हालसम्म भएका कानुनी प्रयासहरुलगायतका विषयमा सहजिकरण गरेकी थिइन् ।

त्यसैगरी सहभागीहरुकोतर्फबाट विद्यालयका प्रधानाध्यापक जय भण्डारी, अर्जुनधारा जेसीज शनिश्चरेका महासचिव मनोज सिटौला, पत्रकार अमित खम्बू, छात्रा सोफीया खड्का, स्थानीय अगुवा पूण्यप्रसाद ओझालगायतले सूर्तीजन्य पदार्थ न्यूनिकरणका विषयमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम पश्चात् सहभागी विद्यार्थीहरुले ‘धुम्रपानले खराब असर गर्छ’, ‘वातावरण संरक्षणका लागि धुम्रपान त्यागौं’ लगायतको प्लेकार्डसहित ¥याली सञ्चालन गरेको विद्यालयका सहायक प्रधानाध्यापक एवम् कार्यक्रमका सञ्चालक वासु भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here