बन्चराको वीडले हानेर छोराले गरे बाबुको हत्या

0
4

विमल दहाल

इलाम, इलाममा छोराले बाबुलाई कुटेरै हत्या गरेका छन् । माई नगरपालिका–१० खाल्टे निवासी ३० वर्षीय राम राईले ६६ वर्षीय बुवा दिल बहादुर राईलाई बन्चरोमा प्रयोग गर्न तयार गरि राखिएको बीडले कुटपिट गरि हत्या गरेका हुन । वुधवार साँझ ८स्३० बजे घरमा वसीरहेका साईनोमा काका समेत रहेका दिलबहादुरलाई झट्केलो छोरा राम राईले पैसा माग्दा बाबुले आफुसंग नभएको भनेपपछि वीड बनाउन राखिएको लौरोले कुटपिट गरेको र उपचारका लागि विर्तासिटी अस्पताल पुर्याउदा ज्यान गएको लोदिया प्रहरी चौकी दानाबारीका बरिष्ठ प्रहरी नायब निरिक्षक कैलाश कुमार केसीले बताए ।

केसीले भने – “सामान्य घरायसी विवादमा बाबु संग पैसा माग्दै बृद्ध रहेका बाबुलाई कुटपिट गरि झट्केलो छोरा राईले बुवाको हत्या गरेका रहेछन”। हत्या आरोपी राई धेरै समय गाँउघरमानै रहने र वेला वखत घरमा आई बाबु(आमाबाट नगद लिई जाने गरेको बताईएको छ । हत्या पछि फरार रहेका छोरा राम राईलाई घटना भएको ४८ घण्टा पछि लोदिया प्रहरी चौकी दानावारी, महमाई प्रहरी चौकी, चिसापनी प्रहरी चौकी र स्थानीयको संयुक्त टोलीले माई(१० को सालबोटेको जंगलबाट शुक्रवार साँझ ७ बजे भाग्दै गरेको अबस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा अपराधिक घटना वढे संगै प्रहरी सकृयता र अपराध नियन्त्रणमा लोदिया प्रहरीले पनि उल्लेख्य सफलता प्राप्त गरि रहेको स्थानीयले बताँएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here