गिरी दम्पत्तीले सामाजिक कार्य गर्दै मनाए बैवाहिक बर्षगाठ

0
8

चारपाने । झापाको अर्जुनधारा–५ स्थित फुलबारीका सामाजिक ब्यक्तित्व राजु गिरी र मिनादेबी गिरीले आफ्नो बैवाहिक बर्षगाठ सामाजिक कार्य गरेर मनाएका छन् । उनीहरुले अपाङ्ग तथा असहायलाई सहयोग गरेर बैवाहिक बर्षगाठ मनाएका हुन् ।

गिरी दम्पतीले गत जेठ १७ गते परेको बैवाहिक वर्ष गाठको अवसरमा घोषणा गरेको ब्हील चियर वितरण अन्तरगत शनिवार (आज) अर्जुनधारा–४ टोल नं. २३ का अन्दाजी ३४÷३५ बर्षिय अपाङ्ग लक्ष्मण बस्नेतलाई प्रदान गरेका छन् । गिरी दम्पत्तीले आज दहिझोडा सामुदायिक उपभोक्ता समुहका उपाध्यक्ष अर्जुन बस्नेत र कार्यालय सचिव युवराज खड्का मार्फत अपाङ्ग बस्नेतलाई ब्हील चियर बितरण गरेका हुन् ।

गिरी दम्पत्तीले आफ्नो, छोरा पंकज गिरी र छोरी प्रकृति गिरीको जन्मोत्सवमा पनि अपाङ्ग, दीनदुखी, असहायलाई सहयोग गरेर मनाउँदै आएका छन् ।

परिवारका सदस्यको जन्मोत्सव तथा बैवाहिक बर्षगाठमा यसअघि पनि गिरी दम्पतीले असहाय तथा अपाङ्गलाई सहयोग गरेर मनाउँदै आएका छन् । बैवाहिक बर्षगाठ र जन्मदिनमा होटल तथा रेष्टुरेन्टमा गरिने फजुल खर्चको साटो असहाय अपाङ्गको सेवा गर्दा धेरै खुसी मिल्ने गिरीले बताए ।

सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले जन्मोत्सव तथा बैवाहिक बर्षगाठमा गरिने फजुल खर्च कटाएर दीनदुखीलाई सहयोग गर्न सवैलाई आग्रह समेत गरेका छन् । भारतको दिल्लीमा भएको दुर्घटनामा सँगैको साथी गुमाएका लक्ष्मण बस्नेत हाल हातखुट्टा भाच्चिएर हिडडुल गर्न नसक्ने अवस्थामा रहेका छन् । उनलाई ब्हील चियरको सहायताले हिडडुल गर्न सहज होस भनेर गिरी दम्पतीले बितरण गरेका छन् ।

यसअघि गत चैत १० गते परेको आफ्नो जन्मोत्सवमा पनि राजु गिरीले अर्जुनधारा–५ का अन्दाजी ६५ बर्षिय अपाङ्गता भएका टितबहादुर साहलाई ब्हील चियर वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here