एमाले कनकाईको पद हस्तान्तरण

0
10

सुरुङ्गा।

नेकपा एमाले कनकाई नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण सम्पन्न भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष एमाले केन्द्रीय सदस्य रविन कोइरालाको अध्यक्षता, एमाले केन्द्रीय सल्लाहकार सूर्य उप्रेती र कोशी प्रदेश पूर्व मन्त्री हीराकुमार थापाको विशेष आतिथ्यमा भएको कार्यक्रममा नवनिर्वाचित नगर कमिटी तथा लेखा समितिका पदाधिकारी तथा सदस्यले सपथ लिएका थिए । उनीहरूले मार्क्सवाद, लेनिनवाद र बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै नेपाल, नेपाली जनता, पार्टी र क्रान्तिप्रति समर्पित रहने कसम खाएका थिए । निर्वाचन समिति संयोजक अधिवक्ता तारादेवी बाराकोटीले नवनिर्वाचित समितिलाई सपथ गराएकी थिइन् ।

नवनिर्वाचित अध्यक्ष गोकर्णप्रसाद ओझा, उपाध्यक्ष घनश्याम पौडेल, सचिव प्रकाश शिवाकोटी, उपसचिवद्वय ख्यामप्रसाद ओली र राधिका ओली कडरिया लगायत ५६ जना सदस्यहरुलेे सपथ लिएका थिए । त्यसै गरी, लेखा समिति अध्यक्ष धर्मेन्द्र सुवेदी, उपाध्यक्ष नबलकिशोर दत्त, सचिव बलराम राई, सदस्यहरू कृष्णमाया भुजेल र निर्मला खडकाले सपथ लिएका थिए ।

कार्यक्रममा एमाले झापा क्षेत्र नं. ४ का इञ्चार्ज चन्द्रकुमार शेर्मा, एमाले नेताहरू टीकाप्रसाद लामिछाने, कोमलप्रसाद पन्त, प्रेमप्रसाद दाहाल, ओमप्रसाद पाठक, जिल्ला कमिटी सदस्यहरू खेमनाथ मिश्र, रविन्द्र लम्साल, सुनिता खरेल, नरादेवी मगर, सीता अधिकारी, विनोद रानामगर, डीबी गजमेर, कमलप्रसाद कट्टेल, रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय उपमहासचिव भरत शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा झापा जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङ्गेल, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, निर्वाचन समिति संयोजक तारादेवी बाराकोटी, पूर्व जिल्ला कमिटी सदस्य तुलाराम बस्नेत, नगर कमिटी निवर्तमान सचिव देवीप्रसाद उप्रेतीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना दिएका थिए ।

जिल्ला कमिटी सदस्य तथा निर्वाचन समिति सदस्य रोशन सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रम जिल्ला कमिटी सदस्य एवम् निर्वाचन समिति सदस्य दीपक चापागाईंले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here