आँखा शिविरबाट तीन सय लाभान्वित

0
4

काठमाडौँ,

काठमाडौँ महानगरपालिका वडा नं. ५ स्थित सामाजिक संस्था कैलाशकुट सामाजिक अभियानले शनिबार आयोजना गरेको शिविरमा तीन सय जनाको आँखा परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको छ ।

संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठका शिविरमा तिलगङ्गा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका थिए ।

शिविरमा ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिएको थियो । यसअघि पनि अभियानले वडावासीलाई लक्ष्यित गरी मधुमेह र मुटुरोगसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।

शिविरका लागि लक्ष्मीनारायण देवस्थल सेवा समितिले पनि सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here