बिर्तामोडमा इनफिनाइट ग्रुपद्वारा एकदिने सेमिनार

0
9

बिर्तामोड ।

झापाको बिर्तामोडमा अन्तराष्ट्रिय विश्वविद्यालयको बारेमा एकदिने सेमिनार सम्पन्न भएको छ ।

युकेमा रहेका बर्मिंघम सिटी युनिभर्सिटी र युनिभर्सिटी एफ इष्ट लन्डन विश्वविद्यालयका विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न हो । इनफिनाइट ग्रुपको आयोजनामा भएको कार्यक्रममा दुई वटा विश्वविद्यालयका प्रतिनिधिहरुले आफ्नो कलेजको बारेमा प्रकाश पारेका थिए ।

नेपाली विद्यार्थीले अध्ययन गर्न पाउने विषय, शैक्षिक प्रणाली, कानुनी अवस्था, शैक्षिक खर्च, रोजजगारीको अवसर तथा त्यसका वातावरण लगायतका विषयमा प्रशिक्षण दिएका थिए । झापासहित कोशी प्रदेशका विभिन्न कन्सल्टेन्सीहरुका सञ्चालक तथा प्रतिनिधिहरुले विश्वविद्यालयकामे शैक्षिक अवस्था, शैक्षिक प्रणाली तथा नेपाली विद्यार्थीले पाउने अवसरका वारेमा जिज्ञासा राखेका थिए ।

इनफिनाइट ग्रुपका सीईओ एवम् संस्थापक गौरव बत्राले विश्वविद्यालयका बारेमा जानकारी गराएका थिए । उनले नेपाली विद्यार्थीले अपनाउनुपर्ने प्रक्रिया, विषय वस्तु लगायतका बारेमा जानकारी गराएका थिए ।

नेपालका विभिन्न प्रदेशहरुमा प्रशिक्षण प्रदान गर्ने उद्धेश्यका साथ पूर्वका कन्सल्टेन्सीहरुलाई लक्षित गरेर एक दिने कार्यक्रमको आयोजना गरेको इनफिनाइट ग्रुपकी डाइरेक्टर इला स्वारले जानकारी दिइन् ।

कार्यक्रममा इक्यान झापाका अध्यक्ष रोशन सुवेदी, इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेल लगाायतको आतिथ्य रहेको थियो । कार्यक्रममा झापाका कन्सल्टेन्सीका सञ्चालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको इक्यान झापाका कार्यसमिति सदस्य तुलसी पाठकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here