पथरी शनिश्चरेमा आज सार्वजनिक बिदा

0
103

पथरी शनिश्चरे ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाले किराँत समुदायको उभौली पर्व साकेलाको अवसरमा आज एक दिन सार्वजनिक बिदा दिएको छ।

किराँत राईहरुले हरेक वर्ष मनाउँदै आएको सो पर्व विगत जस्तै यस वर्ष पनि यस पथरी शनिश्चरे नगरपालिकामा भव्य रूपमा मनाउन आइतवार सार्वजनिक सूचना प्रकाशित गरी विदा दिएको हो।

विदाका दिनमा पथरी शनिश्चरे नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, शैक्षिक तथा स्वास्थ्य संस्थाहरु समेत बन्द रहने जनाइएको छ।

प्रमुख प्रशासकीय अधिकृत शशी राईद्वारा हस्ताक्षरित सूचनामा ‘सोमबार अत्यावश्यकीय सेवा बाहेक अन्य सबै सेवा सो दिनका लागि स्थगन गरिएको व्यहोरा सरोकावाला सबैमा जानकारीको लागि अनुरोध छ’ भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here