इलाम ।

दानाबारी सामुदायिक सिकाई केन्द्र,माई नगरपालिकाको तेर्हौ बार्षिक साधारण सभा सोमवार दानावारीमा सम्पन्न भएको छ ।
संस्थाको मातृ बिधालय कन्काई मावि बिधालय व्यवस्थापन समिति अध्यक्ष एवम् माई नगरपालिका पुर्व उपप्रमुख बिष्णुमाया आचार्यको प्रमुख आथित्यतामा सम्पन्न साधारण सभामा शिक्षा मन्त्रालय अनौपचारिक शिक्षा केन्द्रको स्वीकृत सिकाई केन्द्रले शैक्षिक क्षेत्रमा उल्लेख्यनिय कार्य गरेको प्रमख अतिथी आचार्यले बताउनुभयो ।
वहाँले सामुदायमा दानावारी सामुदायिक सिकाई केन्द्रले सिप सिकाउने, क्षमता विकास गराउने र सचेतना बृद्धिगर्ने कार्यमा १३ बर्ष देखि सकृय रहेको स्मरण गराउदै थप सकृयताका लागि नगरले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रमा अतिथी कन्काई माविका सहायक प्रधानध्यापक खेमराज लिम्बुले विना स्वार्थ स्थापित संस्थालाई निस्वार्थ सहयोग गर्नुपर्ने बताउनु हुदै सबै प्रकारको सहयोग गर्न आफु र आफ्नो संस्था तयार रहेको जानकारी दिनुभयो ।
अर्का अतिथी समाजसेवी ध्रुब श्रेष्ठले १३ औ बर्ष पुरा गर्दा पछिल्लो समयमा संस्थाले गतिबिधि कम गरेको हो कि भन्ने लागेको बताउनु हुदै समुदायमा शैक्षिक रुपान्तरणका लागि सिकाई केन्द्रको महत्वपुर्ण भुमिका रहने जानकारी दिनुभएको छ । अर्का अतिथी समाजसेवी शिब भण्डारीले सानो संस्था भएर पनि शैक्षिक क्षेत्रमा ठुलो कार्य र सफलता गरेकोमा सिकाई केन्द्रको प्रंससा गर्नुभएको छ ।
कार्यक्रममा एनएमसी दानाबारी सेवा केन्द्रका सहायक प्रमुख नितु ढुङ्गाना, सन्चारकर्मी हरि असीम लगायत ६० जनाको सहभागिता रहेको थियो। सिकाई केन्द्रका अध्यक्ष विमल कुमार दहालको अध्यक्षता, कोषाध्यक्ष दुर्गा राज शंकरले सन्चालन, सदस्य यदुनाथ दुलालले स्वागत मन्तब्य राख्नु भएको साधारण सभाको उद्घाट्न प्रमुख अतिथी आचार्यले ब्यानर वाचन गरी गर्नुभएको थियो ।
कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन अध्यक्ष दाहालले पेश गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन (आय,ब्यय र प्रस्ताबित कार्यक्रम) सिकाई केन्द्र कोषाध्यक्ष दुर्गाराज शंकरले प्रस्तुत गर्नु भएको थियो। कुल २ लाख २६ हजार ४ सय ६० रुपैयाको को आयव्यय तथा ४ लाख ३० हजार ६० रुपैयाको प्रस्तावित कार्यक्रम साधारण सभामा सर्वसम्मत पारित गरिएको थियो ।साधारण सभामा कन्काई माबिका छात्रछात्रा,सिकाई केन्द्रका पदाधिकारीहरु र अन्य सरोकारवाला महानुभावहरुको उपस्थिति रहेको थियो।





























