झर्नाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर मृत्यु

0
54

फिदिम।

पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवकको लडेर मृत्यु भएको छ ।

झर्नाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर सख्त घाइते भएका फिदिम २ का १८ वर्षीय एल्सन मगरको उपचारका लागि झापा लैजाने क्रममा निधन भएको प्रहरीले जनााएको छ ।

साथीहरूसँग झर्ना घुम्न गएका उनीहरू फोटो खिच्ने क्रममा चिप्लेर लडेका थिए । गम्भीर घाइते हुन भएका एल्सनलाई तत्काल पाँचथर अस्पताल ल्याइए पनि उपचार सम्भव नभएपछि झापातर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीले जानकाारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here