सुरुङ्गामा वृक्षारोपण सम्पन्न

0
4

बिर्तामोड ।

विश्व वातावरण दिवसको अवसरमा झापाको सुरुङ्गामा वृक्षारोपण सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृक्षारोपण सम्पन्न भएको हो ।

कनकाई नगरपालिका ३ स्थित झापा रोडको खाली भागमा निम, अमला, तेजपता, अशोक लगायतका ५५ भन्दा बढी विरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाइएको सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक प्रवीन भट्टराईले जानकारी दिए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाहरुले पनि सहभागिता जनाएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here