गोमेन्द्रमा बिद्यार्थीलाई ५ लाखसम्म २% आधार ब्याजमा अध्ययन कर्जा

0
4

झापा ।

पूर्वाञ्चल विश्वविद्यालयका बिद्यार्थीलाई ५ लाख रुपैयाँसम्म आधार व्याजमा २ प्रतिशत नबढ्ने गरी अध्ययन कर्जा दिइने भएको छ ।

झापाको बिर्तामोड–४स्थित गोमेन्द्र बहुमुखी महाबिद्यालयले पनि ५ लाख रुपैयाँसम्म २ प्रतिशत आधार ब्याजमा अध्ययन कर्जा दिने महाबिद्यालय प्रमुख डा. रुपक खनालले जानकारी दिए । विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग गत जेठ १६ गते काठमाडौंमा समझदारी गरेको थियो ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका विभिन्न बिषय अध्ययन गरेका विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तरक्रिया, फ्याकल्टी एक्सचेञ्ज लगायतका काम गर्ने गरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर भएको हो ।

विश्वविद्यालयले लिपफ्रग टेक्नोलोजी, इन्फो डेभ्लपर प्रालि, ओम फर्मास्युटिकल्स एण्ड ल्याब्रोटोरिज, द फ्युज मेसिन नेपाल प्रालि, एफवान सफ्ट, द सेन्टर फर मलेक्युलर डाइनामिक्स, काठमाडौं सेन्टर फर जियोनोमिक्स, एनएमबी बैंक, नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टर, एफवान सफ्ट, नर्भिक हस्पिटल प्रालिसँग समझदारी गरेको हो । त्यस्तै नेपाल एग्रो सेन्टर प्रालि र नेपाल एग्रो इक्वइप्मेन्ट प्रालि, मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल र ए प्लस एशोसियट, मुम्बई लगायतका १३ संस्थासँग समझदारी–पत्रमा हस्ताक्षर गरेको छ ।

एनएमबीसँगको समझदारी अनुसार बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई पाँच लाखसम्म आधार व्याजमा २ प्रतिशत नबढ्ने गरी अध्ययन कर्जा उपलब्ध गराउनेछ । विश्वविद्यालयकोतर्फबाट विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. पवनकुमार झा र सहायक डिन मनोजकुमार हलवाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

विभिन्न कम्पनीका प्रतिनिधिले सम्झौताले दुवै पक्षको हितमा काम गर्ने विश्वाससहित विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उपकुलति प्रा.डा. बिजुकुमार थपलियाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here